संस्थाको हालसम्मको विवरण
विवरण | २०७७ फागुन मसान्तसम्म |
---|---|
शेयर पुंजि | 305,549,100/- |
बचत रकम | 1,345,774,822/- |
ऋण लगानी | 1,073,085,585/- |
शेयर लगानी | 31,040,000/- |
सदस्य संख्या | 16,393 जना |
जम्मा कोषहरु | 98,783,337/- |
कुल सम्पति | 1,882,315,614/- |
कार्यालय/सेवाकेन्द्र संख्या | 22 वटा |
कर्मचारी संख्या | 115 (प्रशिक्षार्थी समेत) |
सिवाईसी गतिविधि
सिवाईसी सहकारीकाे एकैदिन ३ वटा सेवाकेन्द्र उद्घाटन
गाउँ गाउँमै सेवा केन्द्र खाेलेर सहकारीको सेवा दिने उदेश्यले सिवाईसी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बागलुङ नगरपालिका वडा नम्बर…
अरु पढ्नुहोस कर्मचारीलाई क्षमता बिकास तालिम
सहकारी संस्थामा काम गर्ने कर्मचारीलाई सक्षम बनाउने उदेश्यले बागलुङ सदरमुकाममा ३ दिने कर्मचारीलाई क्षमता बिकास तालिम शुरू गरिएको छ ।…
अरु पढ्नुहोस सिवाईसीकाे १९ अाै सेवाकेन्द्र बलेवामा
सिवाईसीकाे १९ अाै सेवा केन्द्र बलेवामा बागलुङ माघ २५ सिवाईसी बचत तथा ऋण सहकारी संस्था लिमिटेडबागलुङले गाउँ गाउँमा बित्तिय सेवा…
अरु पढ्नुहोस सिवाईसीको १८ औ सेवा केन्द्र पर्वतमा
बागलुङको सिवाईसी वचत तथा ऋण सहकारी सस्थाले पर्वतमा सेवा केन्द्र विस्तार गरेको छ । बागलुङ बजारमा केन्द्रीय कार्यलय रहेको सहकारीले…
अरु पढ्नुहोस सिवाईसी सोकोस द्वारा बेनीमा १७ औ सेवा केन्द्र सुरु
सिवाईसी सोकोस द्वारा बेनीमा १७ औ सेवा केन्द्र सुरु बागलुङको सिवाईसी वचत तथा ऋण सहकारी सस्थाले म्याग्दी जिल्लाको बेनी बजारमा…
अरु पढ्नुहोस सिवाइसी द्वारा एकै दिन दुई सेवा केन्द्र विस्तार
बागलुङको सिवाईसी वचत तथा ऋण सहकारी सस्थाले जिल्लाको जैमिनी नगरपालिकामा एकै दीन दुई वटा सेवा केन्द्र विस्तार गरेको छ ।…
अरु पढ्नुहोस सिवाइसीको १३ औ सेवाकेन्द्र तमानखोलामा
बागलुङ माघ ८ नेपालमा सवै भन्दा वढी सहकारी एकिकरण गर्न सफल बागलुङको सिवाईसी वचत तथा ऋण सहकारी सस्थाले जिल्लाको तमानखोला…
अरु पढ्नुहोस सिवाइसीको १२ औ सेवा केन्द्र निसीखोलामा
बागलुङ ,माघ ८ बागलुङको सिवाईसी वचत तथा ऋण सहकारी सस्थाले जिल्लाको निसीखोला गाउपालिका ४ झिवाँ खोलामा १२ औ सदस्य सेवा…
अरु पढ्नुहोस शोषण रहित समाज निर्माणमा सिवाईसीको भूमिका महत्वपूर्ण : नगर प्रमुख पौडेल
शोषण रहित समाज निर्माणमा सिवाईसीको भूमिका महत्वपूर्ण : नगर प्रमुख पौडेल मंसिर २२, बागलुङ सिवाईसी बचत तथा ऋण सहकारी संस्थाका…
अरु पढ्नुहोस संस्थाको वारेमा
“हुने खानेको पैसा हँुदा खानेमा पु¥याउने, हुँदा खानेलाई, हुने खाने” बनाउने महान सोच र प्रतिबद्धताका साथ समाजमा रहेको पूँजीलाई एकत्रित गरि रोजगार र स्वरोजगारका अवसरहरु सिर्जनाबाट विकासको मुल प्रवाहामा आउन नसकेका पछि परे पारीएका व्यक्तिहरुलाई आर्थिक, सामाजिक, सास्कृतीक र राजनीतिक रुपमा सक्षम बनाउने अभिप्रायले सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. को स्थापना गरिएको हो । जतिवेला यो संस्थाको परिकल्पना गरिएको थियो त्यतिवेला देशभर २९ हजार भन्दा वढी, बागलुङमा ३०० भन्दा बढी, बागलुङ नगरपालिकामा १०० भन्दा बढी संस्थाहरु स्थापित थिए । तिनै संस्थाहरुकै कामको निरन्तरताका लागि सिवाईसी जन्माउनु पर्ने आवश्यकता थिएन । यो संस्थाले एउटा फरक पहिचानका साथ सहकारी क्षेत्रको शिर उचो पार्न सकोस र हामी सबैको आशा भरोसा बनी दुःख सुखमा साथ दिन सकोस भन्ने सोचका साथ ..............
अध्यक्षको सन्देश

जतिवेला सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. बागलुङको परिकल्पना गरिएको थियो त्यतिवेला नेपालमा २९ हजारभन्दा बढि र बागलुङमा ३०० भन्दा बढि सहकारी संस्थाहरु थिए । ति संस्थाले गरिरहेको भन्दा फरक तौर तरिकाले काम गर्ने कल्पना मेरो मनमा आईरहेको थियो । परनिर्भरतामुखी आर्थिक श्रोतको भरपर्नु परेको तितो यथार्थलाई सामना गरिरहेको थिए । त्यतिवेला सिवाईसी नेपालको अध्यक्षको हैसियतले त्यो संस्थाले चलाएको लघुवित्त कार्यक्रममा लगानी गर्ने पैसा नभएर आफुले व्यक्तिगत रुपमा ऋण खोजेर संस्था चलाउनुपर्ने र थोक कर्जा प्रवाह गर्ने संस्थाले गरेको व्यवहारवाट विक्षिप्त बनेको थिए । स्थानिय स्तरमै पैसा कसरी जुटाउने होला भनेर कल्पना गरिरहन्थे । त्यतिवेला संचालित लघुवित्त कार्यक्रममा हामीले २ वटा अप्ठ्याराहरु सामना गरिरहेका थियौं । एउटा लगानी गर्ने पैसाको अभाव र अर्को लघुवित्तबाट ग्राजुएट भएका सदस्यहरुलाई आवश्यक पर्ने ठुलो ऋण दिन बाधक निति नियम । यी बाधाहरुलाई कसरी चिर्ने सोचिरहन्थे फलस्वरुप एउटा फरक ढङ्गको सहकारी संस्था सिवाईसीको स्थापना गरियो । पूंजि विकासका लागि हामी १०० जनाले १÷१ लाख रकम राख्ने योजना बनायौं २० जनाले यो अभियानमा जोडिन चाहानुभएन बाँकि ८० जनाले १/१ लाख रकम जम्मा गरेर हुने खानेको पैसा हुदा खानेमा पु¥याउने र हुँदा खानेलाई हुने खाने बनाउने सोचका साथ शुरु गरिएको अभियानले एक दशक पुरा गरि एउटा सक्षम, दिगो, प्रतिस्पर्धि वित्तीय संस्थाको पहिचान बनाउन सफल भयो । सिवाईसी साकोस विशेषतः नीति, विधि र प्रविधिको प्रधानता भित्र सुसंचालित छ । गुणस्तरीय सेवा र सदस्य सन्तुष्टिलाई केन्द्र विन्दुमा राखी प्रभावकारी र सदस्यमैत्री सेवाका लागि सञ्चालक र व्यवस्थापन टिम सशक्त रूपमा लागि रहेको ब्यहोरा अवगत नै छ ।
प्रमुख कार्यकारी अधिकृतको प्रतिवद्धता

हामी संस्था संचालनको ११ औं वर्षमा छौं । यो अवधिमा हामीले समग्र वित्तिय कारोबार लगायत अन्य विविध क्षेत्रमा छोटो अवधिमा नै सन्तोषजनक प्रगती हासिल गर्न सफल भएका छौं । हामीले संस्थाको वर्तमान अवस्था, भविष्यका सम्भावना र चुनौतीहरुलाई समेत दृष्टिगत गरी दैनिक कार्य संचालनलाई प्रभावकारी रूपमा अगाडी बढाउनको निमित्त बनेका विनियम, विभिन्न नीति तथा कार्यविधिहरु एवं निर्देशिकाहरु यथासक्य लागु गरी संस्थागत सुशासनलाई उच्च प्राथमिकता दिएका छौं । तत्कालिन, अल्पकालीन र दिर्घकालीन कार्य योजना अनुसार वार्षिक कार्यक्रम तथा बजेट बनाई सोही बमोजिम अगाडी बढ्नु हाम्रो प्रमुख विशेषता हो । देशको प्रतिकुल अर्थतन्त्र र राजनीतिक अस्थीरताको बाबजुद पनि हामीले आफ्नो दक्षता र क्षमताको अधिकतम प्रयोग गरी संस्थाको व्यवसायिक क्षमतालाई थप प्रबद्र्धन गरेका छौं । संस्थामा कार्यरत कर्मचारी व्यवस्थापनलाई सबल बनाउनको निमित्त हामीले विभिन्न प्रकृयाहरू अबलम्बन गरेका छौं । संस्थाको कारोबारमा भएको बृद्धि सँगै कर्मचारीको योग्यता र क्षमताको कदर गरी जिम्मेवारी समेत हेरफेर गर्ने, बढुवा गर्ने, विभिन्न किसिमको आन्तरिक तथा बाह्य तालिमको व्यवस्था गरी कार्य कुशलातामा बृद्धि गर्ने गरिएको छ । संस्थाको अल्पकालिन र दीर्घकालीन लक्ष्य पुरा गर्नको निमित्त बनेका विभिन्न नीति नियमहरु र वार्षिक कार्यक्रम तथा बजेट पूर्ण रूपमा कार्यान्वयन गर्नको लागि नियमित रुपमा संचालक समिति, लेखा समिति लगायत अन्य उप–समितिहरु र कर्मचारी व्यवस्थापनको बैठक बसी समिक्षा गर्ने व्यवस्था गरिएको छ भने, समय सापेक्ष रूपमा कर्मचारीहरूले पाउने अल्पकालीन र दिर्घकालीन सेवा तथा सुविधाहरू समेत बृद्धि गर्दै लगिएको छ ।
हाम्रा रेमिट्यान्स सेवाहरु