नेतृत्व साधन हो, साध्य होईन‍‍‍….

जतिवेला सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. बागलुङको परिकल्पना गरिएको थियो त्यतिवेला नेपालमा २९ हजारभन्दा बढि र बागलुङमा ३०० भन्दा बढि सहकारी संस्थाहरु थिए । ति संस्थाले गरिरहेको भन्दा फरक तौर तरिकाले काम गर्ने कल्पना मेरो मनमा आईरहेको थियो । परनिर्भरतामुखी आर्थिक श्रोतको भरपर्नु परेको तितो यथार्थलाई सामना गरिरहेको थिए । त्यतिवेला सिवाईसी नेपालको अध्यक्षको हैसियतले त्यो संस्थाले चलाएको लघुवित्त कार्यक्रममा लगानी गर्ने पैसा नभएर आफुले व्यक्तिगत रुपमा ऋण खोजेर संस्था चलाउनुपर्ने र थोक कर्जा प्रवाह गर्ने संस्थाले गरेको व्यवहारवाट विक्षिप्त बनेको थिए । स्थानिय स्तरमै पैसा कसरी जुटाउने होला भनेर कल्पना गरिरहन्थे । त्यतिवेला संचालित लघुवित्त कार्यक्रममा हामीले २ वटा अप्ठ्याराहरु सामना गरिरहेका थियौं । एउटा लगानी गर्ने पैसाको अभाव र अर्को लघुवित्तबाट ग्राजुएट भएका सदस्यहरुलाई आवश्यक पर्ने ठुलो ऋण दिन बाधक निति नियम । यी बाधाहरुलाई कसरी चिर्ने सोचिरहन्थे फलस्वरुप एउटा फरक ढङ्गको सहकारी संस्था सिवाईसीको स्थापना गरियो । पूंजि विकासका लागि हामी १०० जनाले १÷१ लाख रकम राख्ने योजना बनायौं २० जनाले यो अभियानमा जोडिन चाहानुभएन बाँकि ८० जनाले १÷१ लाख रकम जम्मा गरेर हुने खानेको पैसा हुदा खानेमा पु¥याउने र हुँदा खानेलाई हुने खाने बनाउने सोचका साथ शुरु गरिएको अभियानले एक दशक पुरा गरि एउटा सक्षम, दिगो, प्रतिस्पर्धि वित्तीय संस्थाको पहिचान बनाउन सफल भयो । सिवाईसी साकोस विशेषतः नीति, विधि र प्रविधिको प्रधानता भित्र सुसंचालित छ । गुणस्तरीय सेवा र सदस्य सन्तुष्टिलाई केन्द्र विन्दुमा राखी प्रभावकारी र सदस्यमैत्री सेवाका लागि सञ्चालक र व्यवस्थापन टिम सशक्त रूपमा लागि रहेको ब्यहोरा अवगत नै छ । सिरानी मुनी राखेको, कन्तुरमा रहेको, खुद्रा पैसाहरु मात्रलाई बचत बुझ्ने स–सानो रकम जुटाउने तत्कालको पुरातन वादी सोचलाई अग्रगामी छलाङ मार्नुपर्दछ सहकारी संस्थाहरुले बैंकहरुले भन्दा उत्कृष्ठ र फरक ढङ्गको सामाजिक व्यवसाय गर्न सक्छन भन्ने विश्वास सदस्यहरुमाझ छाड्न सक्नुपर्दछ भन्ने हामी सवैको स्थापनाको मान्यतालाई यतिवेला साकार पारेका छौं । यो क्षणमा म स्थापनामा खट्ने जुट्ने सवै सवै प्रति हार्दिक आभार एवं कृतज्ञता प्रकट गर्दछु । नेतृत्व साधन हो साध्य होईन आज हुन्छ भोली हुदैन सधै एउटै व्यक्ति पदमा बसी रहने पनि होईन वाहिर बस्नेहरुले पनि भोली म त्यो ठाउँमा त्यो पदमा पुग्छु भन्ने आसा राख्नु पर्दछ र त्यहाँ पुग्दा मैले के गर्छु अहिले के गरिरहेको छु भन्ने आत्मनुभुति गर्न सकियो भने संस्थाले गति लिन्छ भन्ने हाम्रो मान्यता हो । लोकप्रियता हासिल गर्न जे पनि बोलेर एकछिन लोकप्रिय त हुन सकिएला तर कालान्तरमा यसले संस्था सफल हुन सक्दैन र आफुले नेतृत्व लिने वेलामा पनि त्यस्तै परिवेश सिर्जना हुन सक्दछ भन्ने बुझुनुपर्दछ । संस्था नीति सम्वत चल्नुपर्दछ भन्ने हाम्रो टिमको दृढता रहेको छ । यहि विश्वास र दुढता अनुरुप सदस्यहरुको माया ममता र सद्भाव प्राप्त गरि स्थापनाको छोटो समयमा यो सफलताको शिखर चढ्न सकेका हौं । हाल सम्पूर्ण विश्व नै कोभिड १९ को महामारिबाट आक्रान्त भएको अवस्थामा सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि., यसका सदस्य, समुदाय र सरोकारवालाहरु सबैलाई प्रत्यक्ष र परोक्ष रुपमा प्रभावित बनाएको छ । विश्वभरि लाखौं मानिसको ज्यान गएको छ । नेपालमा पनि यसको प्रभाव बढ्दो क्रममा छ, थुप्रै मानिसहरु संक्रमित भइरहेका छन् । यस घडिमा सिवाईसी साकोस परिवार कोभिड १९ बाट ज्यान गुमाउनुुहुने सम्पूर्ण प्रति हार्दिक समवेदना प्रकट गर्दै उपचाररत सबैको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं । सबै मिलेर यो विपदको सामना गर्नको लागि सबैलाई आग्रह एवं अनुरोध पनि गर्न चाहन्छौँ । हामीले हाँसील गरेको सफलतालाई आर्थिक क्षेत्रमा चाँसो राख्नेहरुले उत्सुकता पूर्वक हेरीरहेका छन् । छोटो समयको बृद्धिको रहस्य थाहा पाउन नेपाल भरीबाट हरेक वर्ष हजारौंको हाराहारीमा सहकारीकर्मीहरुले यो संस्थाको अवलोकन गरेवाट संस्थाले अभियानको नेतृत्वदायी भूमिका खेल्नुका साथै सिकाईथलोको रुपमा विकसित भएको छ भन्ने कुरा प्रमाणित भएको छ । गत वर्ष तर्जुमा गरेका अधिकांश कार्यक्रमहरू सम्पन्न गर्दै नयाँ कार्यक्रमहरु प्रस्ताव गरिएको छ । नयाँ–नयाँ प्रविधिको प्रयोग, गरिबी निवारणसँग सम्बन्धित कार्यक्रम, निजी क्षेत्र, नागरिक समाज र सरकारी निकायसँगको सहकार्य, उद्यमशीलता विकासका कार्यक्रमहरुलाई थप प्रभावकारी बनाउदै लगेका छौँ । ब्त्ः कार्ड र मेसिन, मोबाइल बैंकिङ, मिष्डकल बैंङ्किङ, त्तच् ऋयमभ, ई–टेलर ९भ्(त्भ्ीीभ्च्०, ट्याबलेट बैंकिङ ९त्बदभित द्यबलपष्लन० जस्ता प्रविधिको प्रयोग गर्दै थप नयाँ नीति तथा कार्यविधि तर्जुमा गरी कार्यक्रमहरु संचालन भएका छन् । कृषक तथा व्यवसायी सदस्यहरुलाई लक्षित गरि सामान खरिद र बिक्रिको लागि प्रविधियुक्त प्लेटफर्मको रुपमा मोवाईल एप्स निर्माणको प्रस्ताव गरि नविनतम सोचको विकास गरिएको छ । हाल संस्थाले १० वटा सेवा केन्द्र र एउटा केन्द्रिय कार्यालयबाट सेवा प्रवाह गरिरहेको छ । २०७७ असार मसान्तसम्म जम्मा ९९७० जना शेयर सदस्यहरु आवद्ध भएका छन् । जसमध्ये महिला शेयर सदस्य ४५७२ जना, पुरुष शेयर सदस्य ५३९४ जना र ४ वटा संस्थाहरु संलग्न छन् । साथै १४४५ जना बालबालिकाहरु बाल बचतमा आबद्ध रहेका छन् । २०७७ असार मसान्तसम्म संस्थाको शेयर पुँजी रु.२०,०५,६५,०००।–, बचत÷निक्षेप १,०५,४९,४०,२२०।–, लगानीमा रहेको ऋण ८४,७१,८६,४८०।–, संस्थागत पुँजी ६,४५,१९,२१४।– र कुल सम्पत्ति १,४०,५८,१४,८९६।– पुगेको छ । संस्थाको तेश्रो चारवर्षे व्यवसायीक रणनैतीक योजना २०७६÷०७७ देखि २०७९÷०८० तयार पारी यसै गत आ.व. देखि कार्यान्वयनमा ल्याईएको छ । चारवर्षे व्यवसायीक रणनीतिक योजनाको अन्त्यसम्म सदस्य २५५१६ जना, शेयर पूँजि ३१,५०,००,०००।–, संस्थागत कोष रु. १७,४२,००,०००।–, बचत २,१६,००,००,०००।–, लगानीमा रहिरहेको ऋण रु.२,३७,००,००,०००।–, वाह्य ऋण रु.४६८,००,०००।–, कुल वासलात रु.३,००,००,००,०००।–, सदस्य सेवाकेन्द्र १६ वटा, कर्मचारी संख्या ६९ जना, भाखा नाघेको ऋण ५ प्रतिशतभन्दा कम बनाउने योजना रहेको छ । संस्थाको कार्यप्रकृया चुस्त दुरुस्त र व्यवसायीक बनाउन ८५ वटै वडामा गाउटोल समन्वय उपसमिति र वडा समन्वय उपसमिति गठन र परिचालन गरिएको छ । लघुवित्त, लघुउद्यम र उद्यम विकास सञ्जालहरुको स्थापना र परिचालन गर्ने नीति रहेको छ । ३० वटा भन्दा वढि संस्थाहरुसंग एकिकरण गरी सदस्यहरुलाई गुणस्तरीय र प्रभावकारी सेवा स्थानीय स्तरबाटै प्रवाह गर्ने, उत्पादन प्रशोधनका नमुना क्षेत्रहरु निर्माण गर्ने, रोजगार र स्वरोजगारमूलक तालिमहरुको सञ्चालन गरी ४०० जना उद्यमी तयार पार्ने सोचका साथ हामी अगाडि बढिरहेको छौं । ४०० जनामात्र समाधान होईन यो सुत्र हो हामीलाई हाम्रो खटाई र भोगाईले यो कुरा सिकाएको छ सुत्रमा घनत्व हुन्छ र सानो बिजवाट दाना बनाउने अभियान सहकारी हो भन्ने कुरालाई हामी प्रमाणित गर्न चाहान्छौ यसका लागि सिवाईसीलाई पुरै घरटोलमा पुर्याउने कार्य प्रक्रियामा लागेका छौं टोलटोलमा टोल समन्वय उपसमिति हुदै ८५ वटा वडामा सिवाईसीको उपस्थिति पुर्याएका छौ आगामी बर्ष यसलाई अझ व्यवस्थित र अर्थपूर्ण बनाउने निती आवश्यक व्यवस्था मिलाईने छ । त्यस्तै गरि व्यवस्थापन टिम पनि अझै मजबुद, क्षमतावान र प्रविधि सम्पन्न हुनुपर्ने भएकाले दक्ष र प्रविधि सम्पन्न कर्मचारीहरु को व्यवस्था हुने गरी नीति तथा कार्यक्रम तर्जुमा गरिएको छ । गुण र दोषका आधारमा कर्मचारीहरुलाई पुरस्कार, सम्मान, सजाय र अवकासको व्यवस्था लागु गरिएको छ । सिवाईसी साकोसले शोषणरहित समाज र समृद्ध सदस्यहरुको परिकल्पना गरेको छ यसै मुताविक वि.स. २०९० सम्म ७५ हजार सदस्य, २५ वटा सुविधा सम्पन्न कार्यालयहरु, २०० जना कर्मचारीहरु, १५ अर्वको कुल सम्पत्ति, ७० वर्षका शेयर सदस्य र ६८ वर्षका एकल महिला शेयर सदस्यहरुका लागि विविध सुविधा सहितको पेन्सन योजना, केन्द्रिय कार्यालयको आफ्नै भवन निर्माण र सो भवनबाटै उत्कृष्ट र गुणस्तरीय सेवा प्रवाह, होमस्टेको स्थापना, नमुना उत्पादन र प्रशोधनका केन्द्र, सहकारी पर्यटन जस्ता महत्वपूर्ण कार्यहरु सञ्चालनका लागि प्रस्ताव गरिएको छ । यि महान कार्यहरु पुरा गर्न यहाँहरुको निरन्तर सहयोग, सकारात्मक पृष्ठपोषण र धैर्यताको विनम्रता पूर्वक आग्रह गर्दै छोटो यात्राको गतिमान प्रवाहमा अगाडि वढ्न प्रेरणा प्राप्त हुने अपेक्षा लिएका छौं । हामी राष्ट्रिय तथा अन्तराष्ट्रिय अन्य संस्थाहरूसँग सम्पर्क एवम् सम्बन्धहरू विस्तारको चरणमा लागिपरेका छौँ । संस्थालाई आन्तरिक रूपमा अझ बढी सुदृढ र व्यवस्थित गरी एक्सेस ब्राण्ड प्राप्तिका लागि प्रयासरत छौं । संस्थाको चौतर्फी विकासका लागि नीति, विधि र प्रविधिमा जोड दिइएको छ । दक्ष मानवीय स्रोतको विकास र संस्थाभित्र काम गरिरहेका कर्मचारीहरूको व्यवसायिक दक्षता विकास गरी, संस्थाको विकास र व्यक्तिगत सन्तुष्टिका लागि हामी निरन्तर लाग्नु पर्ने अवस्था छ । सदस्यहरुलाई “खुशीयुक्त तनावमुक्त” बनाउनको लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गरिनेछ । हालसम्मको सफलतालाई कायम राख्दै अझ उचाइमा पुग्नका लागि सदस्य र पुँजी वृद्धि, एकीकरणका प्रयासलाई अझ तीव्रता प्रदान गर्दै दीगो विकास लक्ष्यहरू (क्म्न्क) लाई आत्मसात गरी विभिन्न कार्यक्रमहरू तर्जुमा गरी अझ व्यवस्थित संस्थाको रूपमा अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछौँ । यस अवधिमा ी तय द्य (ठुलो र राम्रो) संस्था बनाउने महान सोचका साथ हामी लागिपरेका छौं । सहकारी ऐन २०७४ ले दिएको एक व्यक्ति एक स्थानिय तहको एउटा उद्देश्यको एउटा मात्र सहकारी संस्थाको सदस्य हुन पाउने समय सिमा आश्विन मसान्तमा समाप्त भईसकेको छ । यसवाट संस्था र सदस्यहरुमा अन्यौलता छाएको छ । हामीले कानुनको पालनालाई पुर्ण रुपमा अंगिकार गर्ने कुरामा द्विविधा छैन तैपनि कोरोनाको महामारीवाट आक्रान्त सदस्यहरुलाई यो महामारी समाप्त नहुन्जेल त्रासदी सिर्जना नगर्न सम्बन्ध निकायहरु सँग आग्रह गर्दछौं । राज्य जहिले पनि नियन्त्रणकारी हुन्छ भने हामी सहकारी संस्थाहरु कल्याणकारी त्यसैले यी दुवै पक्षहरुले संयमित र समन्वायत्मक हुन सकेमा गरिवी न्युनिकरण गर्न सम्भव छ भन्ने हाम्रो ठहर हो । सदस्यहरुले संस्था रोज्दा पनि त्यसले दिने सेवा सुविधा , जोखिम व्यवस्थापन, संचालक समिति, संस्थाको कोष, विश्वसनियता, आत्मनिर्भरता जस्ता कुराहरु बुझेर गर्नुहुन कुनै व्यक्तिसँगको चिनजान र दवावका कारण संस्था छोड्ने र रोज्ने नगर्नुहुन आग्रह एवं अनुरोध गर्दछौं । अन्तमा, संस्थाको एघारौं वार्षिक साधारण सभाको अवसरमा प्रकाशित हुन लागेको संस्थाको मुखपत्र “सहिबाटो” ले साच्चै सहिबाटो प्रदान गरि हाम्रो गरिवी र अज्ञानताको अन्त्य गरोस भन्ने अपेक्षा राख्दै आदरणिय सल्लाहकारज्यूहरु, सञ्चालक समितिका पदाधिकारी सदस्यज्यूहरु, लेखा सुपरीवेक्षण समितिका संयोजक एवं सदस्यज्यूहरु, अन्य उपसमितिका संयोजक सदस्यज्यूहरु, सेवाकेन्द्र सञ्चालन तथा व्यवस्थापन उपसमितिका संयोजक र सदस्यज्यूहरु, गाउटोल र वडा समन्वय उपसमितिका संयोजक एवं सदस्यज्युहरु, शेयर सदस्यज्यूहरु एव संस्थाको एकिकरणमा सहयोग पु¥याउनु हुने सम्पूर्ण शुभचिन्तक संघ संस्था, राष्ट्रिय सहकारी महासंघ, नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. (नेफ्स्कून), राष्ट्रिय सहकारी बैंक, जिल्ला सहकारी संघ, जिल्ला बचत संघ, संस्थाका कर्मचारी मित्रहरु, पत्रकारज्यूहरु लगाएत प्रत्यक्ष र परोक्ष रुपमा संलग्न सबै सबैप्रति हार्दिक धन्यवाद कृतज्ञता एवं आभार प्रकट गर्दै सबै मिलेर कोभिड १९ को महामारि र यसले निम्त्याएको विपदको सामना गर्नको लागि सबैलाई एकजुट हुन आग्रह एवं अनुरोध गर्दै यहाँहरु सबैको उन्नती प्रगति र समृद्धिको शुभेच्छा शुभकामना व्यक्त गर्दछु । जय सहकारी ! जय सिवाईसी !!

मेनु