अध्र्वदैहिक सुविधा
सदस्य र सदस्यका माता/पिता, श्रीमान/श्रीमती, छोरा/छोरी, बुहारी एकाघर परिवारका ५ जना सम्मको मृत्यूमा रु. ३ हजार देखि ५० हजारसम्मको अध्र्वदैहिक सुविधा र समवेदना प्रदान गरिने ।
आवास सुरक्षा सुविधा
सदस्य आफै बस्ने घर प्राकृतिक विपत्तीबाट क्षत विक्षत भई बस्न नहुने गरी नष्ट भएको अवस्थामा प्रदान गरिने वढिमा रु ५ हजारसम्मको सुविधा ।
सुत्केरी भेटघाट तथा पोषण सुविधा
बाल मातृ मृत्यूदरमा कमी ल्याउन सेयर सदस्य सुत्केरी भएको ११ दिन भित्रै माईतीको रुपमा भेट्न जाने र २ वटा बच्चासम्म पोषण वापत रु २ हजार र त्यस भन्दा वढि १ वटाका लागि रु १ हजारका दरले उपलब्ध हुने पोषण सुविधा ।
जेष्ठ नागरिक औषधि उपचार सुविधा
आर्थिक अवस्था कमजोर भएका ८० वर्ष उमेर पुगेका जेष्ठ नागरिक सेयर सदस्यहरुका लागि वार्षिक रु. ५ हजारसम्म उपचार खर्च वापत उपलव्ध हुने सुविधा ।
औषधि उपचार तथा दुर्घटना राहत सुविधा
नेपाल सरकारबाट जटिल प्रकृतिको रोग भनी परिभाषित (मुटु, मृगौला, क्यान्सर) गरेको रोगमा उपचार गर्न र सदस्य दुर्घटनामा परि अङ्गभंग भएको अवस्थामा उपचार वापत दिईने रु १० हजार सम्मको राहत रकम । सदस्य विरामी भई उपचार गर्दा गर्दै सम्पूर्ण सम्पत्ती समाप्त भई उपचार गर्न असमर्थ भएको अवस्थामा सो सदस्यलाई उपचारका लागि वढिमा रु.१ लाख सम्म उपलब्ध हुने अनुदान सहयोग ।
शैक्षिक सुविधा
सदस्यका छोरा छोरीहरुले दश जोड दुई मा उत्कृष्ट स्थान प्राप्त गरेको अवस्थामा वढिमा ५ जनालाई रु. २ हजारका दरले उपलव्ध गराईने शैक्षीक सुविधा र सम्मान ।
विमा सुविधा
संस्थाको निर्णयबाट सदस्यहरुको बचत र ऋणको बिमा गर्ने व्यवस्था र प्रिमियमका लागि बिमा बचत सुविधा सुविधा ।
जेष्ठ नागरिक पेन्सन सुविधा
७० वर्ष उमेर पुरा भएका जेष्ठ नागरिकहरुलाई संस्थाको निर्णयानुसार उपलव्ध हुने मासिक पेन्सन सुविधा ।
एकल महिला पेन्सन सुविधा
६८ वर्ष माथिका एकल भनि परिभाषित महिला सेयर सदस्यका लागि संस्थाको निर्णयानुसार मासीक उपलव्ध हुने पेन्सन सुविधा ।
छात्रबृत्ती सुविधा
अति विपन्न सेयर सदस्यका छोरा, छोरी वा समुदायका विपन्न वर्गहरु मध्ये हरेक २ वर्षमा १ जनालाई १२ कक्षासम्मको अध्ययनका लागि न्यूनतम सहयोग पु¥याउने गरी विद्यालयमा स्थापना र सञ्चालन गरिएको अक्षयकोषबाट प्राप्त हुने सुविधा ।
जेष्ठ नागरिक तिर्थाटन कार्यक्रम
६० वर्ष माथिका सेयर सदस्यहरुलाई हरेक वर्ष साधारण सभा वा अन्य विशेष कार्यक्रमबाट छनौट गरी तिर्थ लगिने कार्यक्रम ।
चौरासी पूजा सुविधा
चौरासी पूजा गर्न नसक्ने आर्थिक अवस्था कमजोर भएका सेयर सदस्यलाई वढिमा रु १० हजारको लागतमा चौरासी पूजा सम्पन्न गर्न दिईने सुविधा ।
नयाँ बुहारी स्वागत कार्यक्रम
संस्थाका सेयर सदस्यका छोरा अथवा सेयर सदस्य बैवाहिक जीवनमा वाधिदाँ संस्थाको तर्फबाट बुहारी स्वागत तथा सेयर सदस्यता प्रदान गर्ने कार्यक्रम ।
सदस्यहरुका लागि ब्लड कलीङ सुविधा
ब्लड बैंक नभएको ठाउँमा सदस्यहरु विरामी भई रगत आवश्यक परेको बेलामा रगत उपलब्ध गराउने अभिप्रायले सेयर सदस्यहरुबाट ब्लड ग्रुपीङ गरी ब्लड उपलब्ध हुने व्यवस्था ।
आकस्मिक उपचारका लागि सुलभ ऋण
सदस्य वा सदस्यको एकाघर परिवार विरामी भई उपचारका लागि पैसा नभएको अवस्थामा संस्थाले जतीबेला पनि सेवाकेन्द्रबाट रु २५ हजार र केन्द्रिय कार्यालयबाट रु. ५० हजार उपचारका लागि तुरुन्त उपलब्ध हुने सहुलीयत ऋण सुविधा ।
ब्रतबन्ध (उपनयन)
संस्थाका शेयर सदस्यवासेयर सदस्यका छोराको ब्रतबन्ध (उपनयन) कर्ममासंस्थाको तर्फबाट सम्मान तथा बधाई ज्ञापन गर्ने र सेयर सदस्यता वा बाल बचतको सुरुवात गर्ने कार्यक्रम ।

मेनु