सहकारी संस्थामा काम गर्ने कर्मचारीलाई सक्षम बनाउने उदेश्यले बागलुङ सदरमुकाममा ३ दिने कर्मचारीलाई क्षमता बिकास तालिम शुरू गरिएको छ ।
सिवाईसी बचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङको आयोजना र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को प्राविधिक सहयोगमा सहकारीमा काम गर्नका लागि आवेदन दिएका नयाँ कर्मचारीहरूलाई सहकारीमा कसरी काम गर्ने कसरी शेयर सदस्य संग काम कारोवार गर्ने भन्ने सैद्धान्तिक र ब्यबहारिक बनाउने उदेश्यले क्षमता बिकास तालिमको आयोजना गरेको सहकारीका अध्यक्ष चण्डी प्रसाद शर्माले बताए ।

बागलुङ ,पर्वत र म्याग्दी जिल्लामा खुलेका सहकारीको नयाँ सेवा केन्द्रमा काम गर्न गराउनको लागि दिइएको तालिम उपयोगी हुने सहभागीहरूको भनाइ छ । सरकारले छरिएर रहेका सहकारी संघसंस्थालाई एकीकृत गरेर ठूलो सहकारी बनाउन निर्देशन दिएर अगाडि बढेसंगै सहकारीले ३० वटा सहकारी संस्था संग एकीकरण गरेर धौलागिरि अन्चलका बागलुङ पर्वत ,र म्याग्दी जिल्लामा अहिलेसम्म १९ वटा सेवा केन्द्र संचालन गरेर १११ जनालाई रोजगारी समेत प्रदान गरिसकेको छ । संस्थाले सरकारले तोके बमोजिमको तलब दिने भएकोले सहकारीमा काम गर्ने कर्मचारीको आकर्षण ह्वात्तै बढेर गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Fill out this field
Fill out this field
Please enter a valid email address.
You need to agree with the terms to proceed

Menu