सिवाईसी बचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङको आयोजना तथा नेफ्स्कुनको प्राविधिक सहयोगमा गण्डकी कलष्टरको ३६ औँ कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न भएको छ ।
कार्यशालाको उद्घाटन गर्दै जैमिनी नगरपालिका उपप्रमुख हरिहर शर्माले सहकारीमार्फत समाज रुपान्तरण गर्न भइरहेको बताउनुभयो ।
उपप्रमुख शर्माले पछिल्लो समय केही सहकारीका संचालकले बदमासी गर्दा समाजमा राम्रो काम गरि रहेका सहकारीमाथि समस्या आएको बताउनुभयो । नीति र सिद्धान्त अनुसार सेवा प्रवाह गरे कुनै पनि सहकारीमा समस्या नआउने उहाँको भनाइ छ । शर्माले नाफा मुलक मात्रै नभई उत्पादन मुलक काम पनि गर्नु पर्नेमा जोड दिनुभयो ।
“बागलुङमा धेरै राम्रो–राम्रो काम गरेका सहकारीहरु पनि छन्, तर केही बदनामी भएका सहकारीका कारण राम्रा सहकारी पनि समस्यामा परेको देखिन्छ, सहकारीले समाज परिवर्तन गर्न ठूलो भूमिका खेलेका छन्” उपप्रमुख शर्माले भन्नुभयो – “हामी स्थानीय सरकार पनि सहकारीको राम्रो काममा साथ छौँ, सहकार्य गरेर समाज बदल्न पनि चाहान्छौँ ।”
कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका संचालक हुमाकुमारी जिसी ९अञ्जु०, जिल्ला सहकारी संघ स्याङ्जाका अध्यक्ष लक्ष्मीपती पौडेल लगायतले बोल्नु भएको थियो । कार्यक्रममा बागलुङ, स्याङ्जा, कास्की र गोरखाका विभिन्न सहकारीका संचालक, व्यवस्थापक, लेखा सुपरिवेक्षण समिति, विभिन्न उप समिति र कर्मचारीको सहभागिता रहेको थियो ।
कार्यक्रम सिवाईसी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तथा नेफ्स्कुनका संचालक चण्डीप्रसाद शर्मा पौडेलको अध्यक्षता, सचिव जयराम भारीको स्वागत र सहसचिव सुवास आचार्यको संचालनमा सम्पन्न भएको थियो ।
नेफ्स्कूनले सदस्य संस्थाहरुको संस्थागत विकास र सुदृढिकरणका लागि विकास गरेको जोखिममा आधारीत साकोस सुपरीवेक्षण तथा अनुगमन कार्यक्रममा ् सहभागी संस्थाहरुले आ–आफ्ना संस्थाको पछिल्लो प्रतिवेदनहरु प्रस्तुत गर्दै हालको वित्तीय बजारको समीक्षा गरेका थिए ।
तरलता संकुचन, ऋण मागको चाप, केही सहकारी संस्थाहरुको गलत अभ्यासका कारण वर्तमान समयमा सामना गर्नुपरेको चुनौतीका विषयमा समेत कार्यक्रममा समिक्षा गरिएको थियो । कार्यशालाको सहजिकरण नेफ्स्कूनका कार्यक्रम अधिकृत पेशल कुमार खड्काले गर्नु भएको थिए । समापन कार्यक्रम सहकारीका सहसचिव सुवास आचार्यको संचालन र सस्थाका सल्लाहकार सिता शर्माको धन्यवाद मन्तव्यमा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Fill out this field
Fill out this field
Please enter a valid email address.
You need to agree with the terms to proceed

Menu