बागलुङको सिवाईसी वचत तथा ऋण सहकारी सस्थाले पर्वतमा सेवा केन्द्र विस्तार गरेको छ । बागलुङ बजारमा केन्द्रीय कार्यलय रहेको सहकारीले १८ औ सदस्य सेवा केन्द्र पर्वतको कुश्मा बजारमा स्थापना गरेको हो । साविका धौलागिरीको ठुलो सहकारीको रुपमा रहेको सिवाईसीले पर्वतमा एटिएम सहितको सेवा केन्द्र स्थापना गरेको छ । सिवाईसी वचत तथा ऋण सहकारी सस्था गुप्तेश्वर सदस्य सेवा केन्द्रको संबिधान सभा सदस्य अर्जुन जोशीले उद्घाटन गर्नु भयो ।

बागलुङ माघ २२
उद्घाटन कार्यक्रममा बोल्दै जोशीले वैकिङ सेवा वाट वञ्चीत नागरिकलाई वित्तिय सेवा दिने माध्यम भनेको सहकारी भएको बताउनु भयो । आर्थिक रुपमा सवल वन्न उद्यमले मात्रै संम्भव नहुने भएकोले राम्रो र सुलभ वित्तिय पहुच आवश्यक हुने बताउनु भयो । सिवाइसीले शेयर सदस्य लाई डिजिटल बैंकिङ सेवा दिन सुरुवात गर्नु पर्वतका नागरिकको लागी सुखद पक्ष रहेको बताउनु भयो ।
सहकारी संस्थाका अध्यक्ष चण्डी प्रसाद शर्माको अध्यक्षतमा सम्पन्न कार्यक्रममा कुश्मा नगरपालिकाका उप मेयर सीता काफ्ले लामिछाने , समाजसेवी नवराज गुरूङ, सिवाइसी बचत तथा ऋण सहकारी सस्थाका केन्द्रीय उपाध्यक्ष गण्डकी अधिकारी सहकारीका शेयर पर्वत उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोपि अधिकारी, सिवाइसी साकोस गुप्तेश्वर सदस्य सेवा केन्द्रका परामर्शदाता लोकनाथ आचार्य शेयर सदस्य सरस्वती शर्मा लगायतका बक्ताहरूले सहकारी लाई सहकारीको भावना अनुसार अगाडि बढाउन जरुरी रहेको धारणा राखेका थिए । सिवाइसी साकोस गुप्तेश्वर सदस्य सेवा केन्द्र संचालन तथा व्यवस्थापन उप समितिका संयोजक किशोर भण्डारीले स्वागत गर्नु भएको कार्यक्रमको संचालन सचिव सुरेन्द्र पौडेलले गर्नु भएको थियो ।
जनतालाई गाउँ गाउँमा सेवा दिने उदेश्यले सहकारीको सेवा केन्द्र खोल्ने अभियान शुरू भएको र धौलागिरि अन्चल लाई कार्य क्षेत्र बनाइ अहिलेसम्म ३० वटा सहकारी बिच एकीकरण गरिसकेको जनाएको छ । स्वदेश मै काम गर्ने युवा जनशक्ति लाई सहुलियत दरमा ऋण प्रवाह गरिरहेको सहकारीले जनाएको छ ।
१४ हजार २५ जना शेयर सदस्य रहेको सहकारीको शेयर पुजी २३ करोड ९८ लाख ,कुल पुजी १ अरब ७३ करोड ८७ लाख ९७ हजाररहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Fill out this field
Fill out this field
Please enter a valid email address.
You need to agree with the terms to proceed

Menu