सिवाईसी बचत तथा ऋण सहकारी संस्था बागलुङले मिसकलबाट रिचार्ज सेवा शुरु गरेको छ ।
संस्थाले शुक्रवार एक कार्यक्रमका बीच मोवाइल फोनमा मिसकल गर्न साथ स्वतः ब्यालेन्स रिचार्ज हुने सेवा शुरु गरेको हो । संस्थाका निवर्तमान सल्लाहकार वरिष्ठ अधिवत्ता पद्मनाथ शर्माले आफ्नो मोवाइलबाट अफिसियल नम्बर ९८६०५८०६०१ मा मिसकल गरेर रिचार्ज सेवा शुभारम्भ गर्नुभयो । सो अवसरमा बोल्दै शर्माले सिवाइसीले समय सापेक्ष रुपमा आफ्ना सेवा र गतिविधि अघि बढाएका कारण यस प्रतिको आकर्षण र विश्वास बढ्दै गएको बताए ।

सिवाइसीलाई देशकै अग्रणी वित्तिय संस्थाको रुपमा स्थापित गर्ने योजना अनुसार मिसकल मार्फत रिचार्ज सेवा शुभाम्भ गरिएको सिवाइसी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्माले बताए ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत कवि न्यौपानेले सदस्यलाई घर–घरमै सेवा दिने अभिप्रायले क्रमशः प्रविधिमैत्री सेवा थप गर्दै गएको बताए । ‘गण्डकी प्रदेशमा अरु पनि छन्, धौलागिरीमा चाही यस्तो सेवा पहिलो हुनुपर्छ,’ न्यौपानेले भने, ‘हामी शेयर सदस्यलाई सेवा दिएर थप सदस्यलाई संस्थामा आकर्षित गर्ने अभियानमा छौ ।’

संस्थाले यसअघि एटिएम, मोवाइल बैंकिङ क्यु आर कोड, ट्ब्यालेट बैंकिङ लगायतका सेवा सञ्चालन गरिसकेको छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीष, सिवाइसी सञ्चार उपसमितिका सदस्य तथा पत्रकार महासंघका पूर्व अध्यक्ष राजेशचन्द्र राजभण्डारी, धौलागिरी बहुमुखी क्याम्पसका प्राध्यापक बिप्लव शर्माले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रम संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्माको अध्यक्षता, सचिव जयराम भारीको स्वागत र प्रमुख कार्यकारी अधिकृत कवि न्यौपानेको सञ्चालनमा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Fill out this field
Fill out this field
Please enter a valid email address.
You need to agree with the terms to proceed

Menu