१८ फाल्गुन, जलजला पर्वत
पर्वत जिल्लाको जलजला गाँउपालिका बडा नं ४ मिलनचोकमा सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. (साकोस) बागलुङको २५ औँ सदस्य सेवा केन्द्र्र शुभारम्भ भएको छ । बुधवार एक कार्यक्रमका विच मोहनचोकमा जलजला सदस्य सेवाकेन्द्र समुद्घाटन गरिएको हो
सिवाईसी साकोस जलजला सदस्य सेवा केन्द्र समुद्घाटन गर्दै जलजला गाँउपालिका बडा न. ४ का वडा अध्यक्ष भिष्म मल्लले घर–घरमा पुगेर वचत तथा ऋण परिचालनमा गरि गरिवी निवारण तथा नयाँ उद्यम सिर्जना गर्ने कार्य गर्ने र सबैको मन मनमा रहन सक्ने संस्था सहकारी मात्रै भएको बताउनु भयो । जलजलामा गाउपालिकामा प्रत्येक घरघरमा पुग्ने र कृषि तथा उद्यममा सहयोग गर्ने सहकारीको परिकल्पना आफुहरुले गर्दैगर्दा सिवाईसी साकोसको सेवा तथा सुविधा उपयुक्त लागेर सिवाईसी साकोसको सेवा केन्द्र जलजलामा ल्याउन पहल गरेको पनि बताउनु भायो ।

नेकपा माओवादी प्रदेश सदस्य दुर्गा बहादुर नेपालीले अरु भन्दा फरक सहकारीताको अभ्यास गरेका सिवाइसीले जलजलामा सबैले गर्व गर्न सक्ने स्वरुपमा गरिव लक्षीत वर्गमा आफ्नो पहुँच पुराउनु पर्ने बताउनु भयो ।
नेपाली काँग्रेस प्रदेश सदस्य तथा स्थानिय सामाजिक व्यक्तित्व चन्द्रबहादुर जि.सी., जलजला गाँउपालीका वडा नं ३ का वडा अध्यक्ष रवि भण्डारी, नेपाली काँग्रेस बागलुङका सचिव तथा युवा सामाजिक व्यक्ति हरिहर शर्मा, नेपाली काँग्रेस जलजला गाँउपालिकाका सभापती तथा स्थानिय सामजिक व्यक्ति इन्दुप्रकाश पौडेल, जलजला गाँउपालिकाका राजिनितिक सल्लाहकार यम शर्मा, स्थानिय युवा समाजिक व्यक्ति रामकुमार पौडेल, उद्योग वार्णिज्य संघ जलजला उपशाखाका अध्यक्ष चित्रनाथ रेग्मी, लुङ्दी जलजला बहुउद्देश्य सहकारीका प्रवन्धक टेक नरायण आचार्य, जनकल्याण ताजा तरकारी सहकारी संस्थाका अध्यक्ष इन्द्र प्रसाद आचार्य, कृष्णगंगा बहुउद्देश्य सहकारी संस्था लि.का अध्यक्ष गोविन्द जैसी लगाएतले जलजला क्षेत्रमा भइरहेको सहकारी अभियान र सिवाईसी सकोसको बारेमा बोल्नु भएको थियो ।
सिवाईसी साकोसका अध्यक्ष चण्डीप्रसाद शर्मा पौडेलले सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. को विगत वर्तमान र भविष्य बारे प्रष्ट पार्नु भएको थियो । सिवाईसी सकोसका अध्यक्ष चण्डीप्रसाद शर्मा पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रम संस्थाका सहसचिव सुवास आचार्यको संचालन, वेनी सदस्य सेवा केन्द्रका सहसंयोजक भिम बहादुर श्रेष्ठको स्वागतमा भएको थियो ।
सिवाईसी साकोसले साविक धौलागिरी अञ्चलको ४ जिल्लामा कार्यक्षेत्र बनाई २२ हजार भन्दा बढी शेयर सदस्यलाई २ अर्ब पुँजी परिचालन गरी २५ वटा सेवाकेन्द्र तथा एउटा केन्द्रीय कार्यालय मार्फत विकेन्द्रीत सेवा प्रवाह गर्दै आइरहेको छ । नयाँ सेवा केन्द्र सुरुवातसँगै पर्वत जिल्लामा सिवाईसी साकोसका सेवा केन्द्र ४ बटा पुगेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Fill out this field
Fill out this field
Please enter a valid email address.
You need to agree with the terms to proceed

Menu