- Board Members of Cyc Saccos 2076-2078
- ATM, Miscall Banking and Mobile banking advertisment
- QR and Miscall banking service
- Initiation of Laguuddham program by cyc saccos
- Teller section of cyc saccos
- Board Members, Management team and Employees Interaction
- CYC Human Resource
- Go digital, Go smart : CYC QR Code distribution to our member
संस्थाको हालसम्मको विवरण
विवरण | २०८० बैशाख ३१ सम्म |
---|---|
ऋण लगानी | १,५२,१६,३६,७४२ /- |
बचत रकम | १,३९,८७,४४,७१५ /- |
कुल सम्पति | १,९४,७२,००,११७ /- |
सदस्य संख्या | २५०७१ जना |
बाल बचतकर्ता | ४४२६ जना |
जम्मा कोषहरु | १०,१९,३९,३७० /- |
कर्मचारी संख्या | १०४ जना |
वित्तिय लगानी | १०,६९,२२,००० /- |
शेयर पुंजि | ३९,८६,०९,९०० /- |
कार्यालय/सेवाकेन्द्र संख्या | २६ वटा |
सिवाईसी गतिविधि
सिवाईसी साकोस बागलुङको २५ औँ सेवाकेन्द्र शुभारम्भ
१८ फाल्गुन, जलजला पर्वत पर्वत जिल्लाको जलजला गाँउपालिका बडा नं ४ मिलनचोकमा सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. (साकोस)…
अरु पढ्नुहोस पश्चिम व्याच तेस्रो कलष्टरका सहकारी विच ३० औँ पाम वर्कशप कार्यक्रम सम्पन्न
पश्चिम व्याच तेस्रो कलष्टरका सहकारी विच ३० औँ पाम वर्कशप कार्यक्रम सम्पन्न फाल्गुन १६, बागलुङ सिवाईसी बचत तथा ऋण सहकारी…
अरु पढ्नुहोस सिवाईसी सकोस बागलुङको २४ औँ सेवाकेन्द्र शुभारम्भ
फाल्गुन १३, माेदी पर्वत, पर्वत जिल्लाको मोदी गाँउपालिका बडा नं ६ तिलाहार डिमुवामा सिवाईसी साकोस बागलुङको २४ औँ सदस्य सेवा…
अरु पढ्नुहोस कर्मचारी क्षमता विकास तालिम सम्पन्न
२२, बाग्लुङ सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. बाग्लुङको सम्वृद्धि दिवसको अवसरमा आयोजना ३ दिवसीय क्षमता विकास तालिम (२१-२२…
अरु पढ्नुहोस सिवाईसी साकोसको समृद्धि दिवसमा पत्रकार र मानव सेवा आश्रमलाई सहयोग
मर्यादित ब्यवसाय र प्रविधिमा सहकारी भन्ने मुल नारासाथ सिवाईसी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बिजया दशमी तथा शुभ दिपावली…
अरु पढ्नुहोस सिवाईसी साकोसको १२ औँ साधारणसभा सम्पन्न
सिवाईसी बचत तथा ऋण सहकारी संस्थाको १२ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । आश्विन ३ गते देखी २३ वटै…
अरु पढ्नुहोस सिवाईसी सहकारीले थाल्यो लघुउद्यम कार्यक्रम
१९, भाद्र २०७८,बाग्लुङ हुँदा खानेलाई हुने खाने बनाउने लक्ष्यका साथ स्थापित सिवाईसी वचत तथा ऋण सहकारी संस्था लिमिटेडले लघुउद्यम कार्यक्रमको…
अरु पढ्नुहोस सिवाईसी सहकारीकाे एकैदिन ३ वटा सेवाकेन्द्र उद्घाटन
गाउँ गाउँमै सेवा केन्द्र खाेलेर सहकारीको सेवा दिने उदेश्यले सिवाईसी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बागलुङ नगरपालिका वडा नम्बर…
अरु पढ्नुहोस संस्थाको वारेमा
“हुने खानेको पैसा हँुदा खानेमा पु¥याउने, हुँदा खानेलाई, हुने खाने” बनाउने महान सोच र प्रतिबद्धताका साथ समाजमा रहेको पूँजीलाई एकत्रित गरि रोजगार र स्वरोजगारका अवसरहरु सिर्जनाबाट विकासको मुल प्रवाहामा आउन नसकेका पछि परे पारीएका व्यक्तिहरुलाई आर्थिक, सामाजिक, सास्कृतीक र राजनीतिक रुपमा सक्षम बनाउने अभिप्रायले सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. को स्थापना गरिएको हो । जतिवेला यो संस्थाको परिकल्पना गरिएको थियो त्यतिवेला देशभर २९ हजार भन्दा वढी, बागलुङमा ३०० भन्दा बढी, बागलुङ नगरपालिकामा १०० भन्दा बढी संस्थाहरु स्थापित थिए । तिनै संस्थाहरुकै कामको निरन्तरताका लागि सिवाईसी जन्माउनु पर्ने आवश्यकता थिएन । यो संस्थाले एउटा फरक पहिचानका साथ सहकारी क्षेत्रको शिर उचो पार्न सकोस र हामी सबैको आशा भरोसा बनी दुःख सुखमा साथ दिन सकोस भन्ने सोचका साथ ..............
अध्यक्षको सन्देश

जतिवेला सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. बागलुङको परिकल्पना गरिएको थियो त्यतिवेला नेपालमा २९ हजारभन्दा बढि र बागलुङमा ३०० भन्दा बढि सहकारी संस्थाहरु थिए । ति संस्थाले गरिरहेको भन्दा फरक तौर तरिकाले काम गर्ने कल्पना मेरो मनमा आईरहेको थियो । परनिर्भरतामुखी आर्थिक श्रोतको भरपर्नु परेको तितो यथार्थलाई सामना गरिरहेको थिए । त्यतिवेला सिवाईसी नेपालको अध्यक्षको हैसियतले त्यो संस्थाले चलाएको लघुवित्त कार्यक्रममा लगानी गर्ने पैसा नभएर आफुले व्यक्तिगत रुपमा ऋण खोजेर संस्था चलाउनुपर्ने र थोक कर्जा प्रवाह गर्ने संस्थाले गरेको व्यवहारवाट विक्षिप्त बनेको थिए । स्थानिय स्तरमै पैसा कसरी जुटाउने होला भनेर कल्पना गरिरहन्थे । त्यतिवेला संचालित लघुवित्त कार्यक्रममा हामीले २ वटा अप्ठ्याराहरु सामना गरिरहेका थियौं । एउटा लगानी गर्ने पैसाको अभाव र अर्को लघुवित्तबाट ग्राजुएट भएका सदस्यहरुलाई आवश्यक पर्ने ठुलो ऋण दिन बाधक निति नियम । यी बाधाहरुलाई कसरी चिर्ने सोचिरहन्थे फलस्वरुप एउटा फरक ढङ्गको सहकारी संस्था सिवाईसीको स्थापना गरियो । पूंजि विकासका लागि हामी १०० जनाले १÷१ लाख रकम राख्ने योजना बनायौं २० जनाले यो अभियानमा जोडिन चाहानुभएन बाँकि ८० जनाले १/१ लाख रकम जम्मा गरेर हुने खानेको पैसा हुदा खानेमा पु¥याउने र हुँदा खानेलाई हुने खाने बनाउने सोचका साथ शुरु गरिएको अभियानले एक दशक पुरा गरि एउटा सक्षम, दिगो, प्रतिस्पर्धि वित्तीय संस्थाको पहिचान बनाउन सफल भयो । सिवाईसी साकोस विशेषतः नीति, विधि र प्रविधिको प्रधानता भित्र सुसंचालित छ । गुणस्तरीय सेवा र सदस्य सन्तुष्टिलाई केन्द्र विन्दुमा राखी प्रभावकारी र सदस्यमैत्री सेवाका लागि सञ्चालक र व्यवस्थापन टिम सशक्त रूपमा लागि रहेको ब्यहोरा अवगत नै छ ।
प्रमुख कार्यकारी अधिकृतको प्रतिवद्धता

हामी संस्था संचालनको १२ औं वर्षमा छौं । यो अवधिमा हामीले समग्र वित्तिय कारोबार लगायत अन्य विविध क्षेत्रमा छोटो अवधिमा नै सन्तोषजनक प्रगती हासिल गर्न सफल भएका छौं । हामीले संस्थाको वर्तमान अवस्था, भविष्यका सम्भावना र चुनौतीहरुलाई समेत दृष्टिगत गरी दैनिक कार्य संचालनलाई प्रभावकारी रूपमा अगाडी बढाउनको निमित्त बनेका विनियम, विभिन्न नीति तथा कार्यविधिहरु एवं निर्देशिकाहरु यथासक्य लागु गरी संस्थागत सुशासनलाई उच्च प्राथमिकता दिएका छौं । तत्कालिन, अल्पकालीन र दिर्घकालीन कार्य योजना अनुसार वार्षिक कार्यक्रम तथा बजेट बनाई सोही बमोजिम अगाडी बढ्नु हाम्रो प्रमुख विशेषता हो । देशको प्रतिकुल अर्थतन्त्र र राजनीतिक अस्थीरताको बाबजुद पनि हामीले आफ्नो दक्षता र क्षमताको अधिकतम प्रयोग गरी संस्थाको व्यवसायिक क्षमतालाई थप प्रबद्र्धन गरेका छौं । संस्थामा कार्यरत कर्मचारी व्यवस्थापनलाई सबल बनाउनको निमित्त हामीले विभिन्न प्रकृयाहरू अबलम्बन गरेका छौं । संस्थाको कारोबारमा भएको बृद्धि सँगै कर्मचारीको योग्यता र क्षमताको कदर गरी जिम्मेवारी समेत हेरफेर गर्ने, बढुवा गर्ने, विभिन्न किसिमको आन्तरिक तथा बाह्य तालिमको व्यवस्था गरी कार्य कुशलातामा बृद्धि गर्ने गरिएको छ । संस्थाको अल्पकालिन र दीर्घकालीन लक्ष्य पुरा गर्नको निमित्त बनेका विभिन्न नीति नियमहरु र वार्षिक कार्यक्रम तथा बजेट पूर्ण रूपमा कार्यान्वयन गर्नको लागि नियमित रुपमा संचालक समिति, लेखा समिति लगायत अन्य उप–समितिहरु र कर्मचारी व्यवस्थापनको बैठक बसी समिक्षा गर्ने व्यवस्था गरिएको छ भने, समय सापेक्ष रूपमा कर्मचारीहरूले पाउने अल्पकालीन र दिर्घकालीन सेवा तथा सुविधाहरू समेत बृद्धि गर्दै लगिएको छ ।
हाम्रा रेमिट्यान्स सेवाहरु