२२, बाग्लुङ
सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. बाग्लुङको सम्वृद्धि दिवसको अवसरमा आयोजना ३ दिवसीय क्षमता विकास तालिम (२१-२२ आश्विन,२०७८) शुक्रवार सम्पन्न भएको छ । कार्यक्रमको पहिलो दिन संस्थामा सहकारीको सिप ज्ञानको सिकाईका लागि छनौट भएका २० जना प्रशिक्षार्थी (इन्टर्न) को सहभागिता रहेको थियो भने दोस्रो र तेस्रो दिनमा प्रशिक्षार्थी र १ सय ११ जना पुर्णकालिन कर्मचारी समेतको सहभागिता थियो ।


प्रशिक्षर्थीहरुलाई वित्तीय शिक्षा, सहकारी सिद्धान्त र सहकारीमा गर्नु पर्ने काम कर्तव्यका बारेमा प्रशिक्षीत गरिएको थियो भने सम्पूर्ण कर्मचारीहरुलाई कार्यक्षमता र गुणस्तरीय अभिवृद्धिका लागि व्यवहारीक विषयवस्तु र स्वः रुपान्तरणका विधि प्रशिक्षण गरिएको थियो । तालिममा संस्थाका अध्यक्ष चण्डीप्रसाद शर्मा पाैडेल, नेफ्सकुन का वरिष्ठ तालिम अधिकृत प्रेमनाथ वाग्ले, प्रमुख कार्यकारी अधिकृत कवि न्याैपाने र सहायक प्रवन्धक शिवप्रसाद शर्मा, लेखा प्रमुख डिल्लीराम आचार्य लगाएतले सहजीकरण गर्नुभएकाे थियाे ।
3

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

Fill out this field
Fill out this field
कृपया मान्य ईमेल ठेगाना हाल्नुहोस् ।
You need to agree with the terms to proceed

मेनु