सिवाईसीकाे १९ अ‌ाै सेवा केन्द्र बलेवामा

बागलुङ माघ २५

सिवाईसी बचत तथा ऋण सहकारी संस्था लिमिटेड
बागलुङले गाउँ गाउँमा बित्तिय सेवा दिने उदेश्यले बागलुङ नगरपालिका वडा नम्बर १३ बलेवा पैयुपाटामा १९ अ‌ाै सेवा केन्द्र स्थापना गरिएको छ ।
सरकारले छरिएर रहेका सहकारी संस्थालाई एकीकृत गरेर ठुलो मजबुत सहकारी बनाउन निर्देशन दिएपछि धाैलागिरि अन्चल भित्रका ३० वटा सहकारी संस्था बिच एकीकरण गरेर अगाडि बढेको सहकारीले आफ्नो १९ आ‌ै सेवा केन्द्र पैयुपाटामा स्थापना गरि सेवा दिन शुरू गरेको छ ।

सिवाइसी सहकारी सेवा केन्द्रकाे उद्घाटन निर्वतमान संघीय सांसद देबेन्द्र पाैडेलले सहकारीले शेयर सदस्य लाई बैंक सरहको सेवा सुविधा दिने जुन कार्यक्रम सुरूवात गरेकोछ यो सकारात्मक काम भएको बताए ।

सहकारी संस्थाका अध्यक्ष चण्डी शर्माले जनतालाई गाउँ गाउँमा सेवा दिने उदेश्यले सहकारीकाे सेवा केन्द्र गाउँ गाउँमा खाेल्ने अभियान शुरू भएको धाैलागिरि अन्चल लाई कार्य क्षेत्र बनाइ अहिलेसम्म ३० वटा सहकारी बिच एकीकरण गरिसकेको स्वदेश मै काम गर्ने युवा जनशक्ति लाई सहुलियत दरमा ऋण प्रवाह गरिरहेकाे बताए ।

कार्यक्रममा सिवाईसी सहकारीका सचिव जयराम भारी बागलुङ नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष नारायण पाैडेल बलेवा बहुउद्देशीय सहकारी संस्थाका अध्यक्ष उमानाथ शर्मा ,शेयर सदस्य चन्द्र बहादुर केसी लगायतका बक्ताहरूले धारणा राखेका थिए ।

गण्डकी प्रदेशमा यश बर्ष ३० वटा सहकारी संस्था बिच एकीकरण गरि १४ हजार १ सय १७ जना शेयर सदस्य रहेको सहकारीको शेयर पुजी २३ करोड ९८ लाख ९६ हजार ३ सय शेयर सदस्य १३ हजार ४ सय ४१ जना पुगेको छ ।कुल बचत १ अरब ७३ करोड ८७ लाख ९७ हजार ५ सय ८३ रूपैयाँ सहकारीले ९९ करोड २१ लाख १७ हजार १ सय ८१ रूपैयाँ ऋण प्रवाह गरेको छ ।

सरकारले छरिएर रहेका सहकारी संघसंस्थालाई
एकीकृत गरि मजबुत सहकारी संस्था बनाउन दिएको निर्देशनका पालना गर्दै सहकारी मर्ज गर्दै
गाउ गाउँमा सहकारीका सेवा केन्द्र खाेल्ने क्रम
बढेर गएको छ ।

सिवाईसी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले धाैलागिरि भित्रका ३ जिल्ला बागलुङ पर्वत ,म्याग्दी भित्रका सहकारीकाे १९ वटा सेवा केन्द्र स्थापना गरिसकेको छ ।

कार्यक्रमकाे अध्यक्षता सिवाईसी सहकारी संस्थाका अध्यक्ष चण्डी प्रसाद शर्माले स्वागत सेवा केन्द्रक संयाेजक चुडामणि शर्मा पाैडेल र एकनाथ रेग्मीकाे संचालनमा सम्पन्न भएको थियोे ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

Fill out this field
Fill out this field
कृपया मान्य ईमेल ठेगाना हाल्नुहोस् ।
You need to agree with the terms to proceed

मेनु