गाउँ गाउँमै सेवा केन्द्र खाेलेर सहकारीको सेवा दिने उदेश्यले सिवाईसी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बागलुङ नगरपालिका वडा नम्बर ४ कुडुले ,मुलपानी र काँठेखाेला गाउँ पालिकाकाे तंग्राममा ३ वटा अ‌ाै सेवा केन्द्र एकैदिन स्थापना गरिएको छ ।
सरकारले छरिएर रहेका सहकारी संस्थालाई एकीकृत गरेर ठुलो मजबुत सहकारी बनाउन निर्देशन दिएपछि धाैलागिरि अन्चल भित्रका ३० वटा सहकारी संस्था बिच एकीकरण गरेर अगाडि बढेको सहकारीले आफ्नो २० आ‌ै २१ आ‌ै र २२ आ‌ै सेवा केन्द्र स्थापना गरि सेवा दिन शुरू गरेको छ ।

सिवाइसी सहकारी सेवा केन्द्रकाे उद्घाटन संबिधान सभाका सदस्य प्रकाश पाैडेलले सहकारीले शेयर सदस्य लाई बैंक सरहको सेवा सुविधा दिने जुन कार्यक्रम सुरूवात गरेकोछ यो सकारात्मक काम भएको बताए ।

सहकारी संस्थाका अध्यक्ष चण्डी शर्माले जनतालाई गाउँ गाउँमा सेवा दिने उदेश्यले सहकारीकाे सेवा केन्द्र गाउँ गाउँमा खाेल्ने अभियान शुरू भएको धाैलागिरि अन्चल लाई कार्य क्षेत्र बनाइ अहिलेसम्म ३० वटा सहकारी बिच एकीकरण गरिसकेको स्वदेश मै काम गर्ने युवा जनशक्ति लाई सहुलियत दरमा ऋण प्रवाह गरिरहेकाे बताउदै अझै १२ वटा सहकारी संस्था बिच एकीकरण हुने तयारीमा रहेको बताए ।

कार्यक्रममा स्वामी ऋषि प्रपन्नाचार्य बागलुङ नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष ध्रुव केसी बागलुङ नगरपालिका ,वडा नम्बर ७ का वडा अध्यक्ष खगराज पाण्डे ,नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष राजेशचन्द् राजभण्डारी, राष्ट्रिय कलाकार रेशम सापकोटा , सहकारीका शकुन्तला शर्मा , सहकारीका काेषाध्यक्ष सीता शर्मा सापकोटा ,कृष्णप्रसाद सापकोटा कमला पराजुली तेजराज गाैतम बागलुङ नगरपालिका वडा नम्बर ७ का ,वडा सदस्य केशव कार्की ,रेवती किसान काँठेखाेला गाउँ पालिकाका वडा अध्यक्ष केशर बहादुर थापा ,खड्ग प्रसाद थापा ,बिष्णु आले ,प्रेम बहादुर थापा ,यमदत्त कडेल ,लगायतका बक्ताहरूले धारणा राखेका थिए ।

गण्डकी प्रदेशमा यश बर्ष ३० वटा सहकारी संस्था बिच एकीकरण गरि १४ हजार ७ सय ८६ जना शेयर सदस्य रहेको सहकारीको शेयर पुजी २८ करोड ४७ लाख १० हजार ४ सय पुगेको छ ।कुल बचत १ अरब ३१ करोड ८५ लाख ३७ हजार ५७ रूपैयाँ सहकारीले १ अरब २ करोड ६८ लाख १३ हजार ८ सय ३७ रूपैयाँ ऋण प्रवाह गरेको छ ।

सरकारले छरिएर रहेका सहकारी संघ संस्थालाई एकीकृत गरि मजबुत सहकारी संस्था बनाउन दिएको निर्देशनका पालना गर्दै सहकारी मर्ज गर्दै गाउ गाउँमा सहकारीका सेवा केन्द्र खाेल्ने क्रम बढेर गएको छ ।

सिवाईसी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले धाैलागिरि भित्रका ३ जिल्ला बागलुङ पर्वत ,म्याग्दी भित्रका सहकारीकाे २२ वटा सेवा केन्द्र स्थापना गरिसकेको छ ।
कार्यक्रमकाे अध्यक्षता सिवाईसी सहकारी संस्थाका अध्यक्ष चण्डी प्रसाद शर्मा कार्यक्रम संचालन सहकारीका सचिव जयराम भारीले गरेका थिए ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

Fill out this field
Fill out this field
कृपया मान्य ईमेल ठेगाना हाल्नुहोस् ।
You need to agree with the terms to proceed

मेनु