सिवाईसी बचत तथा ऋण सहकारी संस्थाको १२ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । आश्विन ३ गते देखी २३ वटै सेवा केन्द्रमा शुभारम्भ भएको वार्षिक साधारणसभा शनिवार बागलुङमा सम्पन्न भएको हो । बागलुङ ,म्याग्दी र पर्वतका सेवा केन्द्रमा गरिएको विस्तारीत मञ्चबाट चुनियका प्रतिनिधिको उपस्थितिमा शनिवार केन्द्रीय साधारण सभा गरिएको थियो । सभाले सहकारीका सचिव जयराम भारीको आर्थिक वर्ष २०७७।०७८ को प्रगती तथा चालु आर्थिक वर्ष २०७८।०७९ को प्रस्तावित निति तथा कार्यक्रम र कोषाध्यक्ष सितादेवी कडेल सापकोटाको आर्थिक प्रतिवेदन सर्वसम्मतरुपमा पास गरेको छ । साविक धवलागिरी अञ्चलका बागलुङ ,पर्वत म्याग्दी र मुस्ताङमा गरि एक दर्जन नयाँ शाखा विस्तार गर्ने तथा कास्की जिल्लामा नयाँ कार्यक्षेत्र थप लगाएतका प्रस्ताव पास भएका छन ।

नेपालमा सवै भन्दा बढी ३० वटा सहकारी एकिकरण गरी पुरस्कृत भएकोे सिवाईले यस वर्ष थप आधा दर्जन सहकारी एकिकरण गर्ने प्रस्ताव समेत साधारणसभाले पास गरेको छ । सहकारीका अध्यक्ष चण्डीप्रसाद शर्मा पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिती बागलुङका प्रमुख राजेन्द्र ढुंगानाले राम्रो टिमले दिगो निति र विधीबाट संचालन गरेकोले सिवाईसी सहकारीले छोटो समयमा फड्को मारेको बताउँदै बर्तमानमा अनुदान मुखी भएर सहकारी खुल्ने र परिचान हुँदा सहकारी बदनाम भइरहको बताउनु भयो । सिवाईसी साकोसका सल्लाहकार समेत रहनु भएका ढुङगानाले सहकारी राज्यले बनायको मापडण्डमा रहेर संचालन गर्न सके जोखिम नहुने बताउनु भयो । कार्यक्रममा जिल्ला सहकारी संघका उपाध्यक्ष अशोक गोविन्द राजभण्डारीले सहकारीहरु व्यवसायिक गुणस्तर अभिवृद्धि गर्न तर्फ लाग्नु पर्ने बताउनु भयो ।

जिल्ला बचत तथा ऋण सहकारी संघ बागलुङका सचिव ऋषीराम गौतमले सहकारीहरु विचको एकतालाइ जोड दिँदै वित्तीय सहकारीहरु एकिकृत रुपमा व्यवस्थित भएर संचालन हुन सके अन्य वित्तिय संस्थाहरुको तुलनामा सहकारी सेवा पनि कमजोर नहुने बताउनु भयो ।
नेपाल पत्रकार महासंघ बागलुङका सचिव विजय रानाले सिवाईसी साकोस वित्तिय साथसाथै सदस्यमुखी आफ्ना गैरवित्तिय सेवाहरुको कारण लोकप्रीय रहेको भएको बताउँदै थुप्रै पटक पत्रकार महासंघको अभियानमा समेत महत्वपूर्ण सहयोग गरेको मा संस्था प्रति आभार व्यक्त गर्नु भयो ।
कार्यक्रममा सिवाईसी साकोसका सल्लाहकार बद्रिप्रसाद शर्मा, गुप्तेश्वर सदस्य सेवा केन्द्र, कुश्माका कोषाध्यक्ष अनिता सापकोटा, बेनी सदस्य सेवा केन्द्र बेनीका संयोजक तुलसीनाथ सुवेदी, हटिया सदस्य सेवा केन्द्रका सचिव खिम बहादुर साहानी, अर्जेवा सदस्य सेवा केन्द्रका सचिव वेमकुमारी थापा लगाएतले सिवाईसी साकोस सेवा केन्द्र स्तरका आफ्नो अनुभव, कृयाकलाप र सदस्य सुझाव बारे बोल्नु भएको थियो ।
सिवाईसी साकोसका प्रमुख कार्यकारी अधिकृत कवि न्यौपानेले संस्थामा २०७८ असार मसान्तसम्मको कुल सम्पत्ति १ अर्व ९५ करोड ७४ लाख र सदस्य संख्या १८४६५ रहेको र २०७८ अाश्विन ८ सम्म कुल सम्पत्ति २ अर्व ७ करोड ५६ लाख र कुल सदस्य संख्या १९२९७ पुगेको जानकारी दिनुभयो। सहकारीले चालु आव २०७८÷०७९ मा कूल सम्पत्ति ३ अर्ब ५ करोड र सदस्य संस्ख्या २८ हजार ५ सय पु¥याउने लक्ष्य राखेको उहाँले बताउनु भयो ।

कार्यक्रमका अवसरमा संस्थाले आन्तरिक रुपमा आफ्ना सेवा केन्द्रहरुको मूल्यांकन गरि नवमालिका सदस्य सेवा केन्द्रलाई उत्कृष्ट सेवा केन्द्र र कर्मचारी मध्यमा ज्योती मल्ललाई उत्कृष्ट कर्मचारीको रुपमा पुरस्कृत गर्नुका साथै उत्कृष्ट कारोबार गरि संरक्षित फिर्ता कोषबाट रकम प्राप्त गर्ने एक दर्जन सदस्यहरुलाई नगद सहित सम्मान गरेको थियो । यसै वर्षदेखि सहकारीले सामाजिक उत्तरदायित्व वहन गर्दै विभिन्न विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीको उच्चशिक्षा सम्मको छात्रवृत्ति कार्यक्रमलाई अगाडि बढाउन विद्यालय अक्षयकोष कार्यक्रम पनि अगाडि सारेको छ। यसै क्रममा श्री जनकल्याण मा.वि. जलजला ८ पर्वतका प्र.अ. कृष्णप्रसाद रेग्मीलाई अक्षयकोषका लागि रु १ लाखको चेक समेत कार्यक्रमका अवसरमा प्रदान गरिएको थियो।


कार्यक्रम संस्थाका सहसचिव सुवास आचार्यको स्वागत र सचिव जयराम भारीको संचालनमा सम्पन्न भएको थियो ।
सिवाईसी साकोस फरक रुपमा स्थापीत गराउन विभिन्न सृजनशिल विधि र प्रविधिको प्रयोगद्धारा आफुहरु यहाँ सम्म आइपुगेकोले धवलागिरी क्षेत्रमा कृयाशिल नामुद सहकारीहरु विच वृहत्तर एकताको आवश्यकता रहेका सस्थाका अध्यक्ष चण्डीप्रसाद शर्मा पौडेलले बताउनु भयो । सहकारीको भावनालाई उजागर गर्दै यसो हुन सकेमा मात्र जनतामाझ गरिवी विरुद्धको आभियान संचालन गर्ने सशक्त संस्थाको जन्म हुने र त्यसको लागि सिवाईसी हरेक विकल्पमा छलफल गर्न तयार रहेको बताउनु भयो।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

Fill out this field
Fill out this field
कृपया मान्य ईमेल ठेगाना हाल्नुहोस् ।
You need to agree with the terms to proceed

मेनु