बागलुङको सिवाईसी वचत तथा ऋण सहकारी सस्थाले जिल्लाको जैमिनी नगरपालिकामा एकै दीन दुई वटा सेवा केन्द्र विस्तार गरेको छ । बागलुङका सवै स्थानिय तहमा सेवा विस्तार गरेको सहकारीले वडा स्तरमा सेवा विस्तार थालेको हो ।

सोमवार बागलुङको जैमिनी नगरपालिका वडा नम्वर ७ जैदीको चौर र वडा नम्वर ६ अर्जेवाको ओख्लेमा १५ औ र १६ औ सेवा केन्द्र विस्तार गरेको छ ।
जैमिनी नगरपालिकाको सेवा केन्द्र उद्घाटन गर्दै नगरप्रमुख इन्द्रराज पौडेलले सहकारी मध्य सिवाईसी जिल्लाको फरक पहिचान वोकेको सहकारी रहेकोले सदस्यको सन्तुष्टीको लागी सहकारी क्रियाशिल रहेको बताउनु भयो । कार्यक्रममा नेपाली काग्रेसका जिल्ला सचिव नवराज पौडेल ,जैमिनी नगरपालिका वडा नम्वर ८ का वडा अध्यक्ष विजय अधिकारी,सिवाइसी साकोसका संचालक कृष्ण रिजाल ,शेयर सदस्य दिपेन्द्र अधिकारी लगाएतले वोल्नु भएको थियो । सिवाईसी वचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष चण्डि प्रसाद शर्मा पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत जैदी सदस्य सेवा केन्द्रका संयोजक मोहराज शर्मा र संचालन हरीनारायण पौडेलले गर्नु भएको थियो ।
यस्तै १६ औ सदस्य सेवा केन्द्र अर्जेवाको उद्घाटन गर्दे सिवाईसी वचत तथा ऋण सहकारी सस्था लिमिटेडका अध्यक्ष चण्डी प्रसाद शर्मा पौडेलले सिवाईसी वचत तथा ऋण सहकारीले जिल्लाका दुर दराजका सवै नागरिकलाई वित्तिय र गैर वित्तिय सेवा दिन सहकारी स्थापना भएको वताउनु भयो । बचत गर्ने बानीको विकास नहुदा गरिवि झेल्नु परेकोले गरिवि अन्तको लागी सहकारीले काम गर्ने वताउनु भयो । कार्यक्रममा नेपाली काग्रेस बागलुङका जिल्ला सचिव नवराज शर्मा, जनशिक्षित माविका प्रअ नारायण चालिसे ,सिवाइसी साकोस केन्द्रीय संचालक कृष्ण प्रसाद रिजाल,जैमिनी ६ का वडा सदस्य केशवराज शर्मा,पत्रकार सुजन प्रेमी लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेको थिए । कार्यक्रम सिवाइसी वचत तथा ऋण सहकारी सस्था अर्जेवा सेवा केन्द्रका संयोजक दल वहादुर थापाको अध्यक्षता केन्द्रीय संचालक समितिका सहसचिव सुवास आचार्यको स्वागत र संचालन अर्जेवा सेवा केन्द्रका सचिव वेम कुमारी थापाले गर्नु भएको थियो । बागलुङ जिल्लाका १६ स्थानमा सेवा विस्तार गरेको सहकारीले आगामी २१ र २२ गते म्याग्दी र पर्वतमा सेवा केन्द्र विस्तारको तयारी गरेको अध्यक्ष पौडेलले वताउनु भयो । १३ हजार ४ सय ७७ शेयर सदस्य रहेको सहकारीमा शेयर पूजी २४ करोड ६ लाख ४० हजार ,वचत १ अर्व २७ करोड १६ लाख ३९ हजार रहेको भने कुल पूजी १ अर्व ७२ करोड ३ लाख २५ हजार रहेको छ । सेवा केन्द्र उद्घाटनक्रममा अर्जेवा र जैदीमा एकै दिन ७५ जना शेयर सदस्य बनेका थिए ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

Fill out this field
Fill out this field
कृपया मान्य ईमेल ठेगाना हाल्नुहोस् ।
You need to agree with the terms to proceed

मेनु