फाल्गुन १३, माेदी पर्वत,
पर्वत जिल्लाको मोदी गाँउपालिका बडा नं ६ तिलाहार डिमुवामा सिवाईसी साकोस बागलुङको २४ औँ सदस्य सेवा केन्द्र थप सेवा केन्द्र शुभारम्भ भएको छ । शुक्रवार एक कार्यक्रमका विच डिमुवामा पञ्चकोशी सदस्य सेवाकेन्द्र समुद्घाटन गरिएको हो । मोदी गा.पा. ६ तिलाहारमा रहेको पञ्चकोशी कृषि सहकारी संस्था लि.सँग एकिकरण पछि नयाँ सेवा केन्द्र विस्तार गरिएको हो ।

यसैविच सिवाईसी साकोसको पञ्चकोशी सदस्य सेवा केन्द्र समुद्घाटन गर्दै गण्डकी प्रदेशका माननिय सांसद ललितकला गुरुङले सहकारी अभियानले जनताको जीवन स्तरमा परिवर्तन गर्ने र वित्तीय पहुँच गाँउ गाँउमा बढाउने कार्यमा महत्वपूर्ण योगदान दिएको बताउनु भयो । सहकारी अभियानलाई थप सुशाससित र मर्यादित बनाउन सके सबै जनमानसमा सहकारी प्रति विस्वास जागृत हुने र अझै जनतामा वित्तीय पुहँच बढ्ने बताउनु भयो । सिवाईसीले धवलागिरी क्षेत्रमा फरकधारको सहकारी अभियान गरेको आफुले पाएको उहाँको कथन थियो ।

सिवाईसी साकोसका अध्यक्ष चण्डीप्रसाद शर्मा पौडेलले सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. को विगत वर्तमान र भविष्य बारे प्रष्ट पार्नु भएको थियो ।
पञ्चकोशी कृषि सहकारी संस्था लि. का अध्यक्ष मिना के.सी. ले सानो साने पुँजी सँकलन गरेर पञ्चकोशी कृषि सहकारी सुरु गर्दाको बखत स्मरण गर्दै सिवाईसी सकोसको सहकारीता अभियानले आफुहरुलाई एकिकरणमा जानका लागी लालयीत गरेका बताउनु भयो ।

कार्यक्रममा सिवाईसी सकोसका सदस्य पुतली थापा, पञ्चकोशी कृषि सहकारी संस्था लि.का सचिव निर्देश लामिछाने, गुप्तेश्वर सदस्य सेवा केन्द्रका परामर्शदाता माधव पौडेल, संयोजक किशोर भण्डारी, मोदीदिप बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष ठक्कर प्रसाद शर्मा, प्रभु बैंक डिमुवा शाखा प्रमुख डोलेन्द्र गौतम, कामना सेवा विकास बैंक डिमुवा शाखा प्रमुख किशोर तिमिल्सीना लगाएतले पर्वत जिल्लामा भइरहेको सहकारी अभियान र सिवाईसी सकोसको बारेमा बोल्नु भएको थियो ।
सिवाईसी सकोसका अध्यक्ष चण्डीप्रसाद शर्मा पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रम संस्थाका सचिव जयराम भारीको संचालनमा भएको थियो ।
सिवाईसी साकोसले साविक धौलागिरी अञ्चलको ४ जिल्लामा कार्यक्षेत्र बनाई २२ हजार शेयर सदस्यलाई २ अर्व पुँजी परिचालन गरी २३ वटा सेवाकेन्द्र तथा एउटा केन्द्रीय कार्यालय मार्फत विकेन्द्रीत सेवा प्रवाह गर्दै आइरहेको छ । नयाँ सेवा केन्द्र सुरुवातसँगै पर्वत जिल्लामा सिवाईसी साकोसका सेवा केन्द्र ३ बटा पुगेका छन भने थप नयाँ सेवा केन्द्र पर्वतको जलजला गाँउपालिका वडा नं ६ मिलनचोकमा निकट भविष्यमा खुल्ने योजनामा रहेको छ ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

Fill out this field
Fill out this field
कृपया मान्य ईमेल ठेगाना हाल्नुहोस् ।
You need to agree with the terms to proceed

मेनु