सीवाईसी बचत तथा ऋण सहकारी संस्था लिमिटेड

CYC Saving and Credit Cooperative Society Ltd.

☎
Call Us (+977) 068-521699
📍
Visit Us HallanChowk, Baglung, Gandaki Pradesh, Nepal
Latest Notices
हाल कुनै सूचना उपलब्ध छैन।
CYC SACCOS

संस्थाको संक्षिप्त परिचय

विश्वास, सहकार्य र आत्मनिर्भरताको साझा अभियान

OUR BACKGROUND

पृष्ठभूमि

वि.सं. २०६६।१२।२६ गतेका दिन २८ जना व्यक्तिहरुबाट दर्ता भई ८० जना सदस्यबाट कारोवार थालिएको सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. को अभियान २०६६ चैत्रदेखि २०६७ आश्विन २२ सम्म तयारीकै अवस्थामा अलमलिई रह्यो ।

२०६७ आश्विन २२ गते घटस्थापनाको दिन उपस्थित उर्जावान र भविष्यमुखी दृष्टाहरुले एक÷एक लाख शेयर पूँजी राखेर सञ्चालनमा ल्याएका यो संस्थाका सुुरुका दिनहरु अत्यन्त कठिन र चुनौतीपूर्ण रहेपनि अहिले हामी सबैको मन जित्दै अगाडि बढिरहेका छ ।

समाजमा रहेको पुँजीलाई एकत्रित गरी रोजगार र स्वरोजगारका अवसरहरु सिर्जनाबाट विकासको मूल प्रवाहमा आउन नसकेका, पछि परे पारिएका व्यक्तिहरुलाई आर्थिक, सामाजिक, सास्कृतिक र राजनीतिक रुपमा सक्षम बनाउदै “हुने खानेको पैसा हुँदा खानेमा पु¥याउने, हुँदा खानेलाई, हुने खाने बनाउने” महान् सोच र प्रतिबद्धताका साथ सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. बाग्लुङको स्थापना भएको हो ।

जतिवेला यो संस्थाको परिकल्पना गरिएको थियो त्यतिवेला देशभर २९ हजार भन्दा बढी, बागलुङमा ३०० भन्दा बढी, बागलुङ नगरपालिकामा ८० भन्दा बढी संघ संस्थाहरु स्थापित थिए । तिनै संस्थाहरुकै कामको निरन्तरताका लागि सिवाईसी जन्माउनु पर्ने आवश्यकता थिएन । यो संस्थाले एउटा फरक पहिचानका साथ सहकारी क्षेत्रको शिर उचो पार्न सकोस् र हामी सबैको आशा भरोसा बनी दुःख सुखमा साथ दिन सकोस् भन्ने सोचका साथ मिति २०६६ चैत्र २६ गतेका दिन अंकुरित सिवाईसी रुपी वृक्षले यसका हकवालाहरु (शेयर सदस्य र यसका आश्रित) लाई शितलता प्रदान गरिरहेको छ ।

तत्कालीन डिभिजन सहकारी कार्यालय बागलुङमा दर्ता नं. ४८४ मा दर्ता भै वैधानिकता प्राप्त गरेको यो संस्था स्थापनाको छोटो अवधिमा देशव्यापी बन्न सक्नु हामी सबैको गरिमा र गौरवको विषय हो ।

दिगो, गुणस्तरीय, व्यवसायिक अग्रणी वित्तीय सहकारी संस्थाको परिकल्पनाका साथ स्थापित यो संस्थाले आफ्ना कार्यक्रमहरुलाई दिगो, बलियो र भरपर्दो बनाउनका लागि एसियाली ऋण महासंघद्वारा विकास गरिएको एक्सेस ब्राण्डिङ कार्यक्रममा सहभागी हुन २०७०।०१।०५ गते नेफ्स्कुनसँग सम्झौता गरी एक्सेसका ८६ वटा सूचकाङ्क अनुसारका कार्य प्रक्रिया अगाडि बढाउँदै आएको छ ।

यो संस्था राष्ट्रिय सहकारी महासंघबाट उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. नेफ्स्कूनबाट गण्डकी प्रदेशको उत्कृष्ट संस्था पुरस्कार, राष्ट्रिय सहकारी बैंकबाट उत्कृष्ट कारोवारी संस्था पुरस्कार, ५७ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा डिभिजन सहकारी कार्यालय बागलुङबाट धवलागिरि अञ्चलमै उत्कृष्ट सहकारी संस्था, जिल्ला सहकारी संघ लि. बागलुङबाट बचत तथा ऋणमा उत्कृष्ट संस्था पुरस्कार, नेफ्स्कून फिल्ड कार्यालय पोखराबाट उत्कृष्ट सदस्य संस्था पुरस्कार, नेपाल सरकार आन्तरिक राजस्व कार्यालयबाट ५ पटकसम्म उत्कृष्ट करदाता पुरस्कार, राष्ट्रिय सहकारी बैंकबाट देशभरकै उत्कृष्ट सहकारी पुरस्कार र नेफ्स्कूनबाट एकीकरणका लागि उत्कृष्ट संस्था पुरस्कारबाट सम्मानित भएको छ ।

बदलिँदो परिवेशमा संस्थाले क्रेडिट (ऋण) मात्र होइन, अब क्रेडिट प्लस (गैर वित्तीय सेवा) पनि प्रवाह गर्नुपर्दछ भन्ने मान्यता अनुरुप आफ्ना क्रियाकलापहरु अगाडि बढाइरहेको छ ।

“हुने खानेको पैसा हुँदा खानेमा पुर्‍याउने, हुँदा खानेलाई हुने खाने बनाउने”

स्वावलम्बी आफ्नो भर पर्दछ र आफ्नो भाग गर्दछ, अर्काको भर नपरे आफ्नो भर परिन्छ । स्वावलम्बी आत्मनिर्भर हुन्छ, आफ्नै खुट्टामा उभिन्छ । ऊ आसमा होइन प्रयासमा बाँच्छ । प्रयासमा बाँच्नेले पर्खँदैन, अनावश्यक शंका गर्दैन । देख्नेले के भन्लान् भन्ने संस्कृतिबाट देख्नेले पनि सिक्लान् भन्ने सहकारीको दर्शनबाट सञ्चालित रहन्छ र सिवाईसी पनि यही दर्शनबाट सञ्चालित छ ।

OUR IDENTITY

संस्थाको चिन्ह र छाप

CYC SACCOS संस्थाको चिन्ह

सिवाईसी बचत तथा ऋण सहकारी संस्था लिमिटेड

वित्तीय संस्थाहरुलाई आउन सक्ने जोखिमबाट बचाउने प्रतीकको रुपमा छापको शिरो भागमा छानो रहेको छ । बीचमा ३ वटा गोलाकारहरु रहेका छन् ।

सबैभन्दा पहिलो गोलाकारमा बलिरहेको दियो रहनेछ । समाजमा विभिन्न प्रकारका बाधा व्यवधान र दुःखहरु छन् । धेरै मानिसहरु गरिबीको रेखामुनि रहेका छन् । यी सबै बाधाहरुको अन्त्य गर्नका लागि प्रकाश चाहिन्छ । प्रकाश भनेको ज्ञान, बुद्धि र विवेकको प्रतीक हो । यसको प्रतीकको रुपमा बलिरहेको दियो रहेको छ ।

दीपशिखाको माथि बाह्र रेखा सूर्यको प्रतीकको रुपमा रहेका छन् । जसले सूर्यको जस्तै उज्यालो छर्दै सबै सदस्यहरुको घरदैलोमा वित्तीय र गैर वित्तीय सेवाहरु पुर्‍याई गरिबी र अन्धकारबाट सदस्यहरुलाई मुक्त गरी खुसी, सुखी र समृद्ध सदस्य बनाउने महान अभियानको प्रतिनिधित्व गर्दछ ।

दियोको तलतिर अंग्रेजी अक्षरमा CYC रहेको छ । यसले सहकारीको छोटकरी नामको संकेत गर्नुका साथै मातृ एवम् अभिभावक संस्थाको स्मरण गराइरहेको छ ।

CYC को ठीक तलपट्टि चार वटा ताराहरु रहेका छन् । यसले वित्तीय संस्थाले ध्यान दिनुपर्ने र गरिने ४ वटा मुख्य कामहरु सदस्य, संगठन, बचत र ऋणका साथै एसियाली ऋण महासंघले ब्यालेन्स स्कोर कार्डका आधारमा वित्तीय सहकारीको जोखिम व्यवस्थापनका लागि विकास गरिएको गुणस्तरीय सुनिश्चितताको कार्यक्रम एक्सेस ब्राण्डका चारवटा परिवेशलाई प्रतिनिधित्व गर्दछ ।

त्यस्तै दोस्रो गोलाकारभित्र अष्ट श्री रहेको छ । जसले संस्थाले गर्ने वित्तीय कारोबारले सदस्यहरुको श्रीवृद्धि गरिने कुरामा जोड दिएको छ ।

अन्तिममा बाह्य गोलाकारको शिरोभागमा देवनागरी (सिवाइसी बचत तथा ऋण सहकारी संस्था लि.) वा अंग्रेजी लिपीमा संस्थाको नाम रहेको छ भने तल्लो भागमा “सर्वे भवन्तु सुखिनः” लेखिएको छ । यसले सबै सदस्यहरुको आर्थिक, सामाजिक, सांस्कृतिक लगायतका चौतर्फी विकासको कामना गरेको छ ।

संस्थाको प्रतीक गोलाकारलाई महिला, पुरुषका दुईवटा हातहरुले संरक्षण गरी विकासमा महिला पुरुषको समान सहभागिता रहनुपर्ने कुरामा जोड दिँदै महिला सशक्तिकरणका लागि संस्था प्रतिबद्ध रहेको छ । सबैभन्दा अन्त्यमा रहेको G ले संस्थाको छानो र गोलाकार छापलाई जोडेर गरिबी विरुद्ध हामी ऐक्यबद्ध छौं भन्ने सन्देश प्रवाह गरेको छ ।

संस्थाको छाप नेपाली र अंग्रेजी दुबैमा बनाउन सकिने छ । यसको आकार सानो ठूलो दुबै हुनेछ । संस्थाको दैनिक कार्यमा यसको प्रयोग आधिकारिक मानिनेछ ।