__( 'Pages', 'elementor' ); __( 'Page', 'elementor' ); __( 'Pages', 'elementor' ); __( 'Recent', 'elementor' ); __( 'There are no other pages or templates on this site yet.', 'elementor' ); __( 'Add new page', 'elementor' ); __( 'Pages', 'elementor' ); __( 'Add New', 'elementor' ); __( 'We couldn’t display your pages.', 'elementor' ); __( 'It’s probably a temporary issue.', 'elementor' ); __( 'If the problem persists,', 'elementor' ); __( 'Homepage', 'elementor' ); __( 'copy', 'elementor' ); __( 'New Page', 'elementor' ); __( 'Name is required', 'elementor' ); // translators: %s: Post type (e.g. Page, Post, etc.) __( 'View %s', 'elementor' ); __( 'Set as homepage', 'elementor' ); __( 'Rename', 'elementor' ); __( 'Duplicate', 'elementor' ); __( 'Delete', 'elementor' ); /* translators: %s: Post title. */ __( 'Delete "%s"?', 'elementor' ); __( 'The page and its content will be deleted forever and we won’t be able to recover them.', 'elementor' ); __( 'Cancel', 'elementor' ); __( 'Delete', 'elementor' ); प्रमुख कार्यकारी अधिकृतको प्रतिवद्धता | सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि.

हामी संस्था संचालनको १४ औं वर्षमा छौं । यो अवधिमा हामीले समग्र वित्तिय कारोबार लगायत अन्य विविध क्षेत्रमा छोटो अवधिमा नै सन्तोषजनक प्रगती हासिल गर्न सफल भएका छौं । हामीले संस्थाको वर्तमान अवस्था, भविष्यका सम्भावना र चुनौतीहरुलाई समेत दृष्टिगत गरी दैनिक कार्य संचालनलाई प्रभावकारी रूपमा अगाडी बढाउनको निमित्त बनेका विनियम, विभिन्न नीति तथा कार्यविधिहरु एवं निर्देशिकाहरु यथासक्य लागु गरी संस्थागत सुशासनलाई उच्च प्राथमिकता दिएका छौं । तत्कालिन, अल्पकालीन र दिर्घकालीन कार्य योजना अनुसार वार्षिक कार्यक्रम तथा बजेट बनाई सोही बमोजिम अगाडी बढ्नु हाम्रो प्रमुख विशेषता हो । देशको प्रतिकुल अर्थतन्त्र र राजनीतिक अस्थीरताको बाबजुद पनि हामीले आफ्नो दक्षता र क्षमताको अधिकतम प्रयोग गरी संस्थाको व्यवसायिक क्षमतालाई थप प्रबद्र्धन गरेका छौं ।

संस्थामा कार्यरत कर्मचारी व्यवस्थापनलाई सबल बनाउनको निमित्त हामीले विभिन्न प्रकृयाहरू अबलम्बन गरेका छौं । संस्थाको कारोबारमा भएको बृद्धि सँगै कर्मचारीको योग्यता र क्षमताको कदर गरी जिम्मेवारी समेत हेरफेर गर्ने, बढुवा गर्ने, विभिन्न किसिमको आन्तरिक तथा बाह्य तालिमको व्यवस्था गरी कार्य कुशलातामा बृद्धि गर्ने गरिएको छ । संस्थाको अल्पकालिन र दीर्घकालीन लक्ष्य पुरा गर्नको निमित्त बनेका विभिन्न नीति नियमहरु र वार्षिक कार्यक्रम तथा बजेट पूर्ण रूपमा कार्यान्वयन गर्नको लागि नियमित रुपमा संचालक समिति, लेखा समिति लगायत अन्य उप–समितिहरु र कर्मचारी व्यवस्थापनको बैठक बसी समिक्षा गर्ने व्यवस्था गरिएको छ भने, समय सापेक्ष रूपमा कर्मचारीहरूले पाउने अल्पकालीन र दिर्घकालीन सेवा तथा सुविधाहरू समेत बृद्धि गर्दै लगिएको छ ।

नेफ्स्कूनको प्राविधिक सहयोगमा एसियाली ऋण महासंघद्वारा संचालित ACCESS कार्यक्रमलाई अवलम्बन गर्दै संस्थागत दिगोपनातर्फ अघि बढिरहेका छौँ । एक्सेस मार्फत उत्कृष्ट, प्रतिस्पर्धी, दिगो एवम् सुरक्षित संस्था बनाउने अभियानमा "A1 Competitive Choice for Excellence in Service and Soundness" लाई मूल मन्त्रको रुपमा लिएर अघि बढ्दै सदस्यको दृष्टिकोणमा उत्कृष्ट सेवा दिने, वित्तीय रुपमा स्वस्थ र सुरक्षित रहने, आन्तरिक व्यवसायिक रुपमा प्रतिस्पर्धी क्षमता विकास गर्ने र निरन्तर सिकाई तथा वृद्धिका साथ संस्थालाई दिगो रुपमा सञ्चालन गर्ने रणनीति अवलम्वन गरेका छौँ । ACCESS का ८६ वटा सूचकहरुलाई सवल बनाउँदै नेफ्स्कूनको प्राविधिक सहयोगमा एसियाली ऋण महासंघद्वारा विगत ५ वर्षदेखि संचालित कार्यक्रममा प्रमाणिकरण गरी एसियास्तरको Brand प्राप्त गर्ने लक्ष्य लिइएको छ ।

नेपाल सरकार संघीय तथा प्रदेशगत सहकारी विभाग, विषयगत संघहरुको मार्गनिर्देशबाट सञ्चालित सिवाईसी बचत तथा ऋण सहकारी संंस्थाको कारोबारमा भएको बृद्धि सँगै हामीले सदस्यहरूलाई उपलब्ध गराउने सेवा तथा सुविधाहरूलाई समेत बृद्धि गर्दै लगेका छौं । प्रविधिहरुलाई भरपूर प्रयोग गर्दै एटिएम, मोबाइल बैङ्किङ, क्युआर कोड, मिष्डकल बैंङ्किङ, ट्याबलेट, ई–टेलर जस्ता प्रविधिहरुलाई सदस्यहरुमाझ पु¥याउन सफल भएका छौँ । बजारको प्रतिस्पर्धा र सदस्यहरूको माग बमोजिम संस्थाको क्षमता अनुसार आन्तरिक सुचना प्रणालीलाई थप सुदृढ गर्दै लगेका छौं । सदस्यहरूलाई नियमित रुपमा लाभांस वितरणको गरिएको छ, भने सदस्यहरुलाई सर्ब सुलभ तरिकाबाट कर्जा लगानी गरिनुका साथै बचतमा प्रतिस्पर्धी सेवा सुविधा प्रदान गरिएको छ । एकीकरणमार्फत सहकारी अभियानको सुदृढिकरणमा अघि बढिरहेका छौँ । सहकारीको सिद्धान्त अनुसार हामीले संस्थागत सामाजिक उतरदायित्वका विभिन्न कार्यहरू गर्दै आएका छौं ।

अन्तमा, हाम्रो संस्थालाई आगामी दिनमा नेतृत्वदायी संस्थाको रुपमा स्थापित गराई समग्र सहकारी क्षेत्रलाई विकास तथा प्रर्वद्धनमा निर्णयक भूमिका गर्ने प्रतिवद्धता व्यक्त गर्दछु । धन्यवाद । जय सहकारी !!!

नवराज शर्मा, प्रमुख कार्यकारी अधिकृत

मेनु