सिवाइसी नेपालको सहयोग र सिवाइसी साकोसको आयोजनामा सञ्चालित “जागौ, जगाऔ र जोगाऔं अभियान” अन्तर्गत मिति २०८०/०२/३० गते, कुश्माको बन्दना पार्टी प्यालेसमा, “बितिय साक्षरता तथा सहकारी शिक्षा तालिम” कार्यक्रम सम्पन्न भएको छ। सिवाइसी साकोस, गुप्तेश्वर सदस्य सेवाकेन्द्र संयोजक श्री किशोर भण्डारी ज्युको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव श्री सुरेन्द्र पौडेल ज्युले गर्नुभएको थियो। भने कोषाध्यक्ष श्री अनिता सापकोटा ज्युले स्वागत मन्तव्य राख्नु भएको थियो। कु.न.पा.७ वडा अध्यक्ष श्री परशुराम पुरी ज्युको प्रमुख अातिथ्यता रहेको उक्त कार्यक्रममा, कुश्मा नगरपालिकाका वडा अध्यक्ष ज्युहरु, रेडियो टेलिभिजन पत्रपत्रिका का पत्रकार ज्युहरु, सिवाइसी साकोस संचालक समिति अध्यक्ष, उपाध्यक्ष, सहसचिव एवं कु.न.पा. सहकारी शाखा प्रमुख, बिभिन्न उच्च मा.बि. र क्याम्पस प्रमुख एवं शिक्षिका ज्युहरु, बिधार्थी छात्र छात्राहरु, बिधालय व्यवस्थापन समिति अध्यक्ष एवं प्रतिनिधि ज्युहरु, क्लब-समुह-मठमन्दिर व्यवस्थापन समितिका अध्यक्ष एवं प्रतिनिधि ज्युहरु, स्वास्थ्य स्वयंम सेबिका ज्युहरु, जेष्ठ नागरिक, समाजसेवी एवं बुद्धिजिबी ज्युहरु, गुप्तेश्वर सदस्य सेवाकेन्द्र संचालन तथा ब्यबस्थापन उपसमिति एवं गाउँ टोल समन्वय उप-समितिका पदाधिकारी तथा परामर्शदाता ज्युहरु, शेयर सदस्य ज्युहरु, कर्मचारी तथा शेयर सदस्यता लिन इच्छुक महानुभावहरुको उपस्थिति रहेको थियो।
प्रमुख अथिति द्वारा दिप प्रज्वलन गरी उदघाटन भएको कार्यक्रममा, राष्ट्रिय गान र साकोस गान सँगै सदस्यहरूको सक्रियता बढेको थियो। कार्यक्रममा, कुश्मा नगरपालिका सहकारी शाखा प्रमुख श्री ऋषिराम शर्मा र प्रमुख अथिति श्री परशुराम पुरीले मनतव्य राख्दै, सहकारीमा आबद्ध भएर सदस्यले आफ्नो जिवनस्तर सुधार्न सक्नुहुनेछ, साथै सहकारी, सहकारी एेन र निति नियममा चल्नुपर्ने बताउनुभयो। आज, सिवाइसी साकोस, सहकारी एेन अनुसार चलेको साथै समुदायमा आधारित भएर, सदस्यहरूको लागी गुणस्तरिय- बितिय र गैर बित्तिय सुविधाहरू उपलब्ध गराउएकोले सदस्य माझ लोकप्रिय भएको बताउनुभयो।
कार्यक्रममा, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (NEFSCUN) को सञ्चालक समिति सदस्य/ जिल्ला बचत तथा ऋण सहकारी संघ- बागलुङका अध्यक्ष एवं सिवाइसी बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष श्री चण्डीप्रसाद शर्मा पौडेल ज्युले प्रशिक्षण गर्नुभएको थियो। वर्तमान बित्तिय समस्याहरु समाधानको लागि हामी सबै जाग्नुपर्ने, समाजको सबै सदस्यलाई उधमि बन्न, सहकार्य गर्न जगाउनुपर्ने र हामी एंव समाजलाइ धनी र सम्पन्न बनाउनको लागि बचत गर्ने बानी बसाली जोगाउनुपर्ने बताउँदै कार्यक्रमको विषयवस्तुमा प्रवेश गराउनुभएको थियो । सहकारी एेन अनुसार चलेको सहकारीमा कुनै पनि प्रकारको समस्या नआउने, ढुक्क भएर बचत गर्न सकिने र सदस्यको हरेक दुखमा सहकारीले सहयोग गर्नुपर्ने बताउँदै, क्यान्सर रोग लागेको २ जना शेयर सदस्यज्युहरु लाइ सिवाइसी साकोसले “जिवन आवास तथा सामाजिक सुरक्षा” अन्तर्गत उपलब्ध गराउने “आैषधि उपचार तथा दुर्घटना राहत सुविधा” बापतको चेक पनि हस्तान्तरण गर्नुभएको थियो। उधमशिलता र बचत गर्ने बानीले मात्र सदस्य सुखि र धनि बन्न सकिने भएकाले, उधमी बन्न र निरन्तर बचत गर्ने बानी बसाल्न आग्रह गर्नुभयो। “हुने खानेको पैसा, हुँदा खानेमा पुर्याउने र हुँदा खाने लाइ, हुनेखाने बनाउने” महान सोचका साथ स्थापित सिवाइसी बचत तथा ऋण सहकारी संस्था लि. को बितिय तथ्याङ्कहरू प्रस्तुत गर्दै, छोटो समयमा संस्थाले गरेको प्रगतिमा सम्पूर्ण शेयर सदस्यहरूको योगदान रहेकोमा सबैलाई बधाई एवं धन्यवाद दिनुभयो ।
बचतको महत्व, ऋणको सदुपयोग, सहकारी एेन कानुन, सहकारी सञ्चालक र कर्मचारीहरुको दायित्व एवं भुमिका कस्तो हुनुपर्ने, कस्तो सहकारीमा कारोबार गर्ने, संरक्षित पुँजि फिर्ता कोषबाट धेरै आर्थिक कारोबार गर्ने सदस्यले कसरी फाइदा लिन सकिन्छ, सिवाइसी साकोसमै किन सदस्य बन्ने, सहकारीको वर्तमान अवस्था, तरलता, सहकारी नियममा चलेको – नचलेको छुट्याउने तरिका, सहकारी क्षेत्र सम्बन्धी चलाइएका भ्रमहरु, सहकारी नियममा नचल्दा हुन सक्ने सम्भावित जोखिमहरू, सहकारीका शेयर सदस्यहरूको अधिकार तथा दायित्वहरु, सदस्यः सुखी र सम्पन्न बन्नको लागि गर्नुपर्ने कार्यहरु, एवं सहकारीको शेयर सदस्यले जानैपर्ने बिबिध बिषयहरूको बारेमा स्पष्ट व्याख्या गर्नुभएको थियो ।
कार्यक्रममा, थप सहजीकरण गर्दै बडिगाड गाउँपालिका अध्यक्ष एवम सिवाइसी साकोसका उपाध्यक्ष श्री गण्डकी थापा ज्युले, कसरी सहकारीलाई चिन्ने, कस्तो सहकारीमा कारोबार गर्ने, सहकारीमा कारोबार गर्दा के के फाइदा हुन्छ, सिवाइसी साकोस अरु सहकारी भन्दा किन फरक छ, आज सम्म सिवाइसी साकोसले २५,११४ जना शेयर सदस्यहरु कसरी बनाउन सफल भयो, किन अन्य सहकारीमा समस्या आउँदा पनि सिवाइसी साकोसमा दिन प्रतिदिन सदस्यता बढ्दै गएको छ ? आदि विविध विषयमा प्रस्टयाँउदै केही सहकारी संचालकले सहकारीलाइ निति नियममा नचलाएको कारण, बचत फिर्ता गर्न पनि नसक्ने भएको र ठाउँ नै छोडेर भागेको एवं सहकारी प्रतिको विश्वास र बुझाइमा गलत सन्देश दिएको प्रति दुःख व्यक्त गर्नुभयो।
तर, सिवाइसी साकोस पुर्ण रुपमा निति, बिधि र नियममा सञ्चालित उदाहरणिय संस्था भएकोले सदस्यता नलिएकोले सदस्यता लिन आग्रह गर्दै समाजमा रहेका सहकारी प्रतिका बुझाईलाई अब सबैले चिरफार गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा, सहभागी मध्येबाट पुरुषको तर्फ बाट, श्री हरिनारायण गिरी ज्युले प्रतिनिधित्व गर्दै, सिवाइसी साकोसले सदस्यहरुको घर घरमा पुगि बित्तिय साक्षरता, घरभेट एवं गएर वित्तीय सुविधा प्रदान गरेकोमा बिशेष धन्यवाद दिँदै सबैले शेयर सदस्यता लिनु पर्ने बताउनु भयो।
कार्यक्रममा, सहभागी मध्येबाट महिलाको तर्फ बाट, समाजसेवी श्री मान कुमारी गिरी ज्युले प्रतिनिधित्व गर्दै, सिवाइसी साकोसका, विविध गतिविधिहरु, संचालन तथा व्यवस्थापनका पक्षहरु मजबुत रहेको, धेरै जगेडा कोष राखेको बलियो संस्था, धनि- गरिब, बालबच्चा देखि बुढा बुढी सबैलाई अनुकुल हुने, सबैलाई सुबिधा दिएको, सबैको मन जित्नसक्ने, सदस्यलाई दुःख-सुखमा साथ दिने, सहकारी सम्बन्धी तालिम दिने, जगाउने, नियम कानुनको पूर्ण परिपालना गरेको सबै द्रिष्टिकोण बाट मजबुत सहकारी संस्था भएकोले आफ्नो जीवनकालमा सबै कारोबार यही संस्थामार्फत गर्ने बताउँदै, हरेक दिदी बहिनी, दाजुभाईहरुलाई यही सिवाइसी सहकारी संस्थामा शेयर सदस्यता लिइ सबै कारोबार यही गर्न आग्रह गर्नुभयो ।
तालिमकाे प्रशिक्षक श्री चण्डी प्रसाद शर्मा पौडेलले आफु संस्थाको अध्यक्ष भएको नाताले संस्थाको बिषयमा, कुनै पनि प्रश्न भए, छलफल गर्नको लागी उपस्थित सदस्यहरुमा अनुरोध गर्नुभएको थियो । कार्यक्रममा सदस्यता लिन इच्छुक २१ जना गैर सदस्यहरूको नाम घोषणा गर्दै, सिवाइसी साकोसमा, २०८० को “घर घरमा पुग्ने लक्ष्य, खुशी र समृद्ध सदस्य” अभियान अन्तर्गत घरबाटै पनि सदस्यता लिन सकिने बताउनुभयो । सदस्यता लिँदा बुझेर मात्रै लिनुपर्ने बताउँदै सिवाइसी साकोसले बचत र ऋणको मात्र कारोबार नभई घर परिवारको सदस्यको अनुभूति दिलाउने बताउनुभयो ।
अन्त्यमा, कार्यक्रमको अध्यक्ष श्री किशोर भण्डारी ज्युले, स-साना बचत बाट सदस्यले कसरी ठूलो गर्जो टार्न सक्छन्, सिवाइसीमा किन सदस्य बन्ने, कसरी पुँजिको सहि प्रयोग गर्ने, सिवाइसी लाइ किन बिश्वास गर्ने आदि विविध विषयमा प्रस्टयाँउदै कार्यक्रम सु-सम्पन्न गर्नको लागि सहयोग गर्ने व्यक्तित्वहरु एवं उपस्थित सम्पूर्ण जेष्ठ श्रेष्ठ व्यक्तित्वहरू, शेयर सदस्य महानुभावहरु, समिति – उपसमिति पदाधिकारी ज्युहरु, कार्यक्रम व्यवस्थापनमा खटिनुभएको कर्मचारीहरु एवं हल व्यवस्थापन पक्ष सबै लाइ धन्यबाद व्यक्त गर्दै कार्यक्रम समापन भएको घोषणा गर्नु भएको थियो ।
(कार्यक्रम स्मरणको लागि केहि झलकहरु)

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

Fill out this field
Fill out this field
कृपया मान्य ईमेल ठेगाना हाल्नुहोस् ।
You need to agree with the terms to proceed

मेनु