__( 'Pages', 'elementor' ); __( 'Page', 'elementor' ); __( 'Pages', 'elementor' ); __( 'Recent', 'elementor' ); __( 'There are no other pages or templates on this site yet.', 'elementor' ); __( 'Add new page', 'elementor' ); __( 'Pages', 'elementor' ); __( 'Add New', 'elementor' ); __( 'We couldn’t display your pages.', 'elementor' ); __( 'It’s probably a temporary issue.', 'elementor' ); __( 'If the problem persists,', 'elementor' ); __( 'Homepage', 'elementor' ); __( 'copy', 'elementor' ); __( 'New Page', 'elementor' ); __( 'Name is required', 'elementor' ); // translators: %s: Post type (e.g. Page, Post, etc.) __( 'View %s', 'elementor' ); __( 'Set as homepage', 'elementor' ); __( 'Rename', 'elementor' ); __( 'Duplicate', 'elementor' ); __( 'Delete', 'elementor' ); /* translators: %s: Post title. */ __( 'Delete "%s"?', 'elementor' ); __( 'The page and its content will be deleted forever and we won’t be able to recover them.', 'elementor' ); __( 'Cancel', 'elementor' ); __( 'Delete', 'elementor' ); संस्थाको वारेमा | सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि.

“हुने खानेको पैसा हँुदा खानेमा पु¥याउने, हुँदा खानेलाई, हुने खाने” बनाउने महान सोच र प्रतिबद्धताका साथ समाजमा रहेको पूँजीलाई एकत्रित गरि रोजगार र स्वरोजगारका अवसरहरु सिर्जनाबाट विकासको मुल प्रवाहामा आउन नसकेका पछि परे पारीएका व्यक्तिहरुलाई आर्थिक, सामाजिक, सास्कृतीक र राजनीतिक रुपमा सक्षम बनाउने अभिप्रायले सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. को स्थापना गरिएको हो । जतिवेला यो संस्थाको परिकल्पना गरिएको थियो त्यतिवेला देशभर २९ हजार भन्दा वढी, बागलुङमा ३०० भन्दा बढी, बागलुङ नगरपालिकामा १०० भन्दा बढी संस्थाहरु स्थापित थिए । तिनै संस्थाहरुकै कामको निरन्तरताका लागि सिवाईसी जन्माउनु पर्ने आवश्यकता थिएन । यो संस्थाले एउटा फरक पहिचानका साथ सहकारी क्षेत्रको शिर उचो पार्न सकोस र हामी सबैको आशा भरोसा बनी दुःख सुखमा साथ दिन सकोस भन्ने सोचका साथ मिति २०६६ चैत्र २६ गतेका दिन अंकुरीत सिवाईसी रुपी वृक्षले हकवालाहरुलाई सितलता प्रदान गरिरहेको छ । डिभिजन सहकारी कार्यालय बागलुङमा दर्ता नं. ४८४ मा दर्ता भै बैधानिकता प्राप्त गरेको यो संस्था स्थापनाको छोटो अवधिमा देशव्यपी बन्न सकेको छ ।

दिगो, गुणस्तरीय, व्यवसायिक अग्रणी वित्तीय सहकारी संस्थाकोे परिकल्पनाका साथ स्थापित यो संस्थाले आफ्ना कार्यक्रमहरुलाई दिगो, बलियो र भरपर्दो बनाउनका लागि एसियाली ऋण महांसंघद्वारा विकास गरिएको एक्सेस ब्राण्डीङ कार्यक्रममा सहभागी हुन २०७०।०१।०५ गते नेफ्स्कुनसंग सम्झौता गरी एक्सेसको ८६ वटा सुचकाङ्क अनुसारका कार्य प्रक्रिया अगाडि बढाउँदै आएको छ । यो संस्था राष्टिय सहकारी महासंघबाट उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार, नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. नेफ्स्कूनबाट गण्डकी प्रदेशको उत्कृष्ट संस्था पुरस्कार, राष्ट्रिय सहकारी बैंकबाट उत्कृष्ट कारोवारी संस्था पुरस्कार, ५७ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा डिभिजन सहकारी कार्यालय बागलुङबाट धवलागिरि अंचलमै उत्कृष्ट सहकारी संस्था, जिल्ला सहकारी संघ लि.बागलुङबाट बचत तथा ऋणमा उत्कृष्ट संस्था पुरस्कार नेफ्स्कून फिल्ड कार्यालय पोखराबाट उत्कृष्ट सदस्य संस्था पुरस्कार, आन्तरिक राजस्व कार्यालय पोखरा र बागलुङबाट ३ पटकसम्म उत्कृष्ट करदाता पुरस्कारबाट सम्मानित भएको छ । संस्थाले दीगो विकास लक्ष्य (क्म्न्) लाई हाँसिल गर्नका लागि सहकारी संघ संस्थाहरुले क्रेडिट (ऋण) मात्र होईन अव क्रेडिट प्लस (गैर वित्तीय सेवा) पनि प्रवाह गर्नुपर्दछ भन्ने मान्यता अनुरुप आफ्ना क्रियाकलापहरु अगाडि वढाईरहेको छ ।

शुरुमा २८ जनाबाट दर्ता भई ८० जनाबाट कारोवार थालिएको यो अभियान २०६६ चैत्रदेखि २०६७ आश्विन २२ सम्म तयारीकै अवस्थामा अलमलिई रहयो । २०६७ आश्विन २२ गते घटस्थापनाको दिन ८० जना व्यक्तिहरुले एक÷एक लाख सेयर पूँजी राखेर सञ्चालनमा ल्याएको यो संस्थाका शुरुका दिनहरु अत्यन्त कठीन र चुनौतीपूर्ण रहे । धैरैले धैरै कुरा गरिरहे यो हुन्छ, यसको काम छैन, सोचौला सहकारी……… ? सहकारी प्रतिको नकरात्मकतालाई चिर्दै स्थापनाको टोली अगाडि बढिरह्यो । जसरी निरन्तर वगिरहने पानीले पत्थरलाई पनि पगाल्न सक्छ त्यसरी नै हामीले मानिसहरुको मन पगाल्दै जित्दै गयौं । हामी आज सबैको मन जित्दै अगाडि वढि रहेका छौं । अहिले सहकारी भन्नसाथ सिवाईसी हो भन्ने बुझाई भएको छ । स्वावलम्वी आफ्नो भर पर्दछ र आफ्नो भाग गर्दछ, अर्काको भर नपरे आफ्नो भर परिन्छ । स्वावलम्वी आत्मनिर्भर हुन्छ आफ्नै खुट्टामा उभीन्छ र उ आसमा होईन प्रयासमा बाच्दछ । प्रयासमा बाच्नेले पर्खदैन, अनावश्यक शंका गर्दैन, देख्नेले के भन्लानको संस्कृतीबाट देख्नेले पनि सिक्लान भन्ने सहकारीको दर्शनबाट सञ्चालित रहन्छ र सिवाईसी पनि यही दर्शनबाट सञ्चालित भैरहेछ ।

मेनु