बागलुङ माघ ८
नेपालमा सवै भन्दा वढी सहकारी एकिकरण गर्न सफल बागलुङको सिवाईसी वचत तथा ऋण सहकारी सस्थाले जिल्लाको तमानखोला गाँउपालिकामा सदस्य सेवा केन्द्र स्थापना गरेको छ । तमानखोलाका नागरिकलाई वित्तिय पहुच पु¥याउन गाँउपालिकाको केन्द्र वुङगादोभानमा सदस्य सेवाकेन्द्र स्थापना गरिएको हो ।
साविक धौलागिरी अञ्चल कार्यक्षेत्र रहेको सहकारीले बागलुङका सवै स्थानिय तहमा सेवा पु¥याउने उदेश्यले १३ औ तमानखोलामा स्थापना गरेको छ । सदस्य सेवाकेन्द्रको उद्घाटन गर्दै गाउपालिकाका अध्यक्ष जोकला वुढाले वाकसमा भएको पूजी चलायमान गराउन सके मात्रै आर्थिक उन्नति हुने वताउनु भयो । पैसा गोजि र वाकसमा राखेर मात्रै धनी बन्न नसक्ने भएकोले पूजीलाई चलायमान वनाउदै आर्थिक उन्नतिमा लाग्नुपर्ने वताउनु भयो । काम गर्ने इच्छा शक्ति भएमा अवको दिनमा पूजीको अभाव नहुने वताउनु भयो ।

सिवाईसी वचत तथा ऋण सहकारीका अध्यक्ष चण्डी प्रसाद शर्मा पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा तमानखोला गाउपालिका वडा नम्वर १ का वडा अध्यक्ष थमवहादुर रोका,वडा नम्वर ५ का वडा अध्यक्ष हिरा वहादुर सिर्पाली ,सिवाईसी वचत तथा ऋण सहकारीका संचालन समिति सदस्य मेषलाल शर्मा ,पत्रकार महासंघका पुर्व अध्यक्ष तथा सहकारकिा संचार उपसमिति सदस्य राजेशचन्द्र राजभण्डारी लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
सिवाईसी वचत तथा ऋण सहकारी संस्था तमानखोला सदस्य सेवा केन्द्र संचालन सथा व्यवस्थापन उपसमितिका चूडामणि छन्त्यालले स्वागत गर्नु भएको कार्यक्रमको संचालन सचिव ध्रुर्व शेरचनले गर्नु भएको थियो ।
सहकारीले यही माघ महिना भित्र पर्वत,म्याग्दीमा समेत सेवा केन्द्र विस्तार गर्ने जनाएको छ । चालु आर्थिक वर्षमा ३ जिल्लाका १९ स्थानमा सेवाकेन्द्र विस्तार गर्ने तयारी गरेको छ ।
धौलागिरि अन्चल लाई कार्य क्षेत्र बनाइ अहिलेसम्म ३० वटा सहकारी बिच एकीकरण गरिसकेको सहकारीले स्वदेश मै काम गर्ने युवा जनशक्ति लाई सहुलियत दरमा ऋण प्रवाह गरिरहेको सहकारीका अध्यक्ष पौडेलले वताउनु भयो । सहकारीमा दोहोरो सदस्यताको अन्त्य गरी सहकारीमा छरिएर रहेको पूँजीलाई एकत्रित गर्दै एक सक्षम र सवल सहकारी स्थापना गरी सदस्यलाई सर्वसुलभ सेवा प्रदान गर्ने उद्देश्यका साथ एकिकरण अभियानलाई तिब्रता दिएको हो ।

सहकारीमा १३ हजार २ सय जना शेयर सदस्य ,२३ करोड ३० लाख शेयर पुजी र कुल पूजि तथा दायित्व १ अर्व ७० करोड पुगेको छ । कुल बचत १ अरब २६ करोड रहेको सस्थाको लगानीमा रहेको ऋण ९७ करोड २९ लाख छ भने सहकारीको सस्थागत पुजी ७ करोड रहेको सस्थाका प्रमुख कार्यकारी अधिकृत कवि न्यौपानेले वताउनु भयो ।
६३ जना कर्मचारी मार्फत १३ ठाउवाट सेवा दिन सुरु गरेको छ । सहकारीले १९ प्रकारका बचत सुविधा, १९ प्रकारका ऋण सुविधा दिँदै आएको यो सहकारीले ३६५ दिन नै सदस्यलाई सेवा प्रदान गर्ने गरेको छ । एटिएम ,मोवाईल वैकिङ, इटेलर ,क्युआर कोड मिष्डकल वैकिङ,ट्यावलेट वैकिंङ,रेमिट्न्स लगाएतका डिजिटल प्रविधि वाट समेत सदस्यलाई सेवा दिदै आएको छ

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

Fill out this field
Fill out this field
कृपया मान्य ईमेल ठेगाना हाल्नुहोस् ।
You need to agree with the terms to proceed

मेनु